छत्र दाहालद्वारा निर्वाचन बहिष्कार
फुकुओका ,जापान
सेप्टेम्वर २
एन आर एन ए जापानको निर्वाचन मिति तय भई निर्वाचन हुदै गर्दा क्युश्यु कार्यसमितिको बहुमत सदस्यहरुको निर्णयले अध्यक्षको एकल निर्णयलाई बिरोध गर्दै निर्वाचन बहिष्कार गरेको छ।एन आर एन ए जापान उपाध्यक्ष उम्मेदवार दर्ता गर्दै गर्दा क्युश्यु कार्यसमिति,अग्रजहरु लगाएत सबैको सल्लाहले क्युश्युबाट छत्र दाहाललाइ सहयोग गर्ने निर्णय भएको थियो तर सामाजिक ,राजनैतिक ,आर्थिक लगाएत विभिन्न खालका कारण देखाई असहयोग गरी कार्यसमितिका सदस्यहरु सग कुनै छलफल नगरी अगाडी बढेको हुदा यो प्रबित्तिको घोर भर्तसना गर्दछु। ” उपसंयोजक देव राज उप्रेती भन्छन।
हिजो पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष उम्मेदवार छत्र बहादुर दाहालले निर्वाचन समिति प्रतिको अपरिपक्क निर्णय र नराम्रा कामको सुधारको माग गर्दै आज १ बजे सम्मको अल्टिमेटम सहित निर्वाचन कमिटीलाई अनुरोध गरिएको थियो।तर निर्वाचन समितिबाट चित्त बुझ्दो जवाफ नआएकोले निर्वाचन प्रति कुनै बिश्वास नभएकोले निर्वाचन बहिष्कार गरेको बताए ।
यस्ता खालका कार्यहरुले एन आर एन ए जस्तो पबित्र सामाजिक संस्थाको गरिमा र उद्देश्य प्रति प्रश्न उठ्न थालेको छ।अबका दिनहरुमा नेतृत्वले यस्ता खालका कुराहरुलाई ख्याल गरी अगाडी बढ्दै जाओस भन्ने सबैको आपेक्षा रहेको छ ।