Home » 2017 » September » 02

Daily Archives: 2017-09-02

छत्र दाहालद्वारा निर्वाचन बहिष्कार

एन आर एन क्युस्यु

छत्र दाहालद्वारा निर्वाचन बहिष्कार फुकुओका ,जापान सेप्टेम्वर २ एन आर एन ए जापानको निर्वाचन मिति तय भई निर्वाचन हुदै गर्दा क्युश्यु कार्यसमितिको बहुमत सदस्यहरुको निर्णयले अध्यक्षको एकल निर्णयलाई बिरोध गर्दै निर्वाचन बहिष्कार गरेको छ।एन आर एन ए जापान उपाध्यक्ष उम्मेदवार दर्ता गर्दै गर्दा क्युश्यु कार्यसमिति,अग्रजहरु लगाएत सबैको सल्लाहले क्युश्युबाट छत्र दाहाललाइ सहयोग गर्ने निर्णय भएको थियो तर सामाजिक ,राजनैतिक ,आर्थिक ...

Read More »

नेपाली काँग्रेस देशको विकास गर्न अग्रसर

नेपाली काँग्रेस

झापा, १७ भदौ । नेपाली काँग्रेस का पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले मुलुकको हरेक परिर्वतनमा काँग्रेसले नेतृत्वदायी भूमिका खेलिरहेको र अब पनि काँग्रेस नै देशको विकास गर्न अग्रसर हुने बताउनुभएको छ । नेपाली काँग्रेस झापाले आज बिर्तामोडमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको लामो संघर्षपछि स्थानीय तहमा आफ्ना प्रतिनिधिले उचित स्थान पाएको र उनीहरुले नै विकासका कामलाई अघि ...

Read More »

वाग्मतीका दुई सहायक नदी मनोहरा र इन्द्रमती सफाइ अभियान शुरु

काठमाडौँ, १७ भदौ । वाग्मती सफाइ महाअभियान शुरु भएको २२५औँ हप्तामा यसका दुई सहायक नदीको पनि सफाइ अभियान प्रारम्भ गरिएको छ । वाग्मती सफाइ महाअभियान २२५ औँ हप्तामा पुग्दा सहायक नदी इन्द्रमतीको सफाइ पनि आजैदेखि शुरु भएको हो । बल्खुस्थित इन्द्रमती नदी किनारमा जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले सफाइ अभियान शुभारम्भ गर्नुभयो । सफाइमा मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, कीर्तिपुर नगरपालिकाका ...

Read More »

राजनीति फोहरी खेल होइन, खेलाडी फोहरीः सभापति राठौर

काठमाडौँ, १७ भदौ । संसदको सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले राजनीति फोहरी खेल नभएर राजनीतिकर्मी फोहरी भएको बताउनुभएको छ । संवाद डबलीमा रसाइली बन्धु एकता समाजद्वारा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा सभापति राठौरले भन्नुभयो, “राजनीति आफैँमा फोहरी खेल होइन, राजनीतिकर्मी फोहरी छन् । राजनीतिबिना राज्य र नागरिकको कल्पना गर्न सकिँदैन, त्यसैले राजनीति अनिवार्य छ तर छलछाम र झुटको ...

Read More »

अर्थमन्त्री कार्कीको पहलमा छात्रवृत्ति कोष स्थापना

काठमाडौँ, १७ भदौ । असहाय, गरिब र जेहन्दार छात्रछात्राको पठन कार्यलाई सहयोग पुर्याउने उद्देश्यले एक ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । आज अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रु ५१ हजार १०० कोषमा जम्मा गर्दै उहाँकै पहलमा औपचारिकरुपमा ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको हो । कोटेश्वरमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले गरिब, जेहेन्दार छात्रछात्राको पठनकार्यलाई सहयोग पु¥याउने उद्देश्यले उक्त कोषको स्थापना गरिएको बताउनुभयो ...

Read More »

झापाको काँकडभिट्टा लागुऔषधसहित युवक पक्राउ

झापा, १७ भदौ । झापाको मेचीनगरस्थित काँकडभिट्टाबाट आज लागुऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप गौशाला–९ का २३ वर्षीय विवेक मगर रहेको लागु औषध नियन्त्रण ब्युरो, काँकडभिट्टाका प्रहरी सहायक निरीक्षक देविरमण तिमल्सिनाले जानकारी दिनुभयो । ढाडमा टेपले बेरेर ल्याएको अवस्थामा उनको साथबाट डाइजेपाम, फेनारागन र लुपिजेसिक १९÷१९ थान फेला परेको थियो ।

Read More »

नयाँपाटी खुला दिसामुक्त क्षेत्र घोषणा

काठमाडौँ, १७ भदौ । गोकर्णेश्वर नगरपालिकाले वडा नं २ नयाँपाटी क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको छ । नगरपालिकाले आज नयाँपाटीमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले खुला दिसामुक्त क्षेत्र घोषणा गर्नुहुँदै राजधानीमै बढी पानी निर्यात गर्ने मुहान क्षेत्र भएकाले पनि यो ठाउँलाई सफा राख्न विशेष कार्यक्रम शुरु गरिएको बताउनुभयो । खुला दिसामुक्त क्षेत्र घोषणा गरेपछि उपत्यकाको सभ्यताको स्रोत ...

Read More »

कर्णाली नदी बेसिनलाई ऊर्जा र पर्यटनको हब बनाउने सरकारको तयारी

काठमाडौँ, १७ भदौ । सरकारले कर्णाली र त्यसका सहायक नदीबाट विद्युत् उत्पादन गर्ने र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने गरी संयुक्त कार्यक्रम अगाडि बढाउने भएको छ । मुलुकको जलविद्युत् विकासको प्रचूर सम्भावना भएका क्षेत्रमध्ये कर्णाली नदी र त्यसका सहायक नदी नै हुन् । सरकारले पहिचान गरेकै आधारमा हेर्ने हो भने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)कै सबैभन्दा ठूलो ...

Read More »

ऊर्जा तथा वातावरणका लागि महिला सञ्जाल गठन

काठमाडौँ, १७ भदौ । विकासको मुख्य साधक ऊर्जा क्षेत्रको विकास र व्यवस्थापन सहभागितामूलक र समावेशी बनाई महिला सहभागितालाई सुनिश्चित गर्न दबाब दिने उद्देश्यले राष्ट्रियस्तरमा ऊर्जा तथा वातावरणका लागि महिला सञ्जाल नेपालको गठन गरिएको छ । आज यहाँ सम्पन्न महिला भेलाबाट कला तिमल्सिनाको संयोजकत्वमा विभिन्न १० जिल्लाका १३ सदस्यीय संजाल निर्माण भएको छ । ऊर्जा क्षेत्रसँग सम्बन्धित सरकारी निकायहरुका निर्णायक तहमा ...

Read More »

दुई नम्बर प्रदेशमा आयुक्तको उच्चस्तरीय अनुगमन टोली

काठमाडौँ, १७ भदौ । आगामी असोज २ गते हुने २ नं प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहको निर्वाचनको समग्र तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोवस्तलगायतका सम्पूर्ण पक्षको अनुगमन गर्न निर्वाचन आयुक्त त्यसतर्फ जानुभएको छ । उच्चस्तरीय अनुगमन गर्न आयुक्तमध्ये धनुषा र महोत्तरीमा इला शर्मा, रौतहट र सर्लाहीमा नरेन्द्र दाहाल, पर्सा र बारामा ईश्वरीप्रसाद पौड्याल तथा सप्तरी ...

Read More »