पोखरा, १६ भदौ । लायन्स क्लब अफ वेगनास तालनगरी र लायन्स क्लब अफ वेगनास रुपाको संयुक्त आयोजनामा पोखरा लेखनाथ २७ मा रहेको लक्ष्मी आदर्श माविको परिसरमा आज विशेष कार्यक्रमका विच संयुक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्बल अफ वेगनास तालनगरीका अध्यक्ष लायन रामचन्द्र रानाभाटको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक ३२५ वि १ वृक्षारोपण कार्यक्रम कमिटि चेयर पर्सन एम जे एफ लायन वालकृष्ण वरालले दुई वटा लायन्स क्लब मिलेर संयुक्त रुपमा वृहत वृक्षारोपण कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै गरी रिजन चेयर पर्सन लायन शैलेन्द्र मोहन भट्टराइले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने कुरालाई लायन्स क्लबले व्यवहारमा लागु गर्न सफल भएको कुरामा जोड दिंदै आगामी दिनमा लेखनाथमा रहेका सबै लायन्स क्लबहरु एक जुट भइ समग्र लेखनाथलाई लायन्स वाटिका बनाउन आवश्यक रहेको बताए ।
त्यस्तै गरी जोन चेयर पर्सन लायन भरत राज अधिकारीले आफ्नो मातहतमा रहेका सबै लायन्स क्लबहरुले आयोजना गर्ने सामाजिक तथा मानविय सेवाका कार्यहरुमा सँगै रहेर सक्दो सहयोग गर्ने प्रतिपद्धता व्यक्त गरे । त्यस्तै लक्ष्मी आदर्श मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेलले विद्यालयको परिसरमा वातावराण दुसित हुनबाट जोगाउन लायन्स क्लबहरुले वृक्षारोपण गरेकोमा खुशी व्यक्त गर्दै रोपिएका विरुवाहरुको संरक्षण गर्ने बताए ।
लायन्स क्लब अफ वेगनास रुपाका प्रथम उपाध्यक्ष लायन सरण थापाले स्वागत गरेको कार्यक्रममा लायन्स क्लब अफ वेगनास तालनगरी वृक्षारोपण कार्यक्रमका संयोजक विनोद राज पौडेलले धन्यवाद ज्ञापन गरेका थिए भने सचिव लायन प्रभा भुजेलले कार्यक्रम सन्चालन गरेकी थिइन् । कार्यक्रममा विभिन्न दश प्रजातिका १ सय ५० वटा विरुवाहरु सारिएको कुरा कार्यक्रम संयोजक पौडेलले जानकारी दिए ।