समाचारपाटी, १६ भदौ । प्रदेश प्रहरी कार्यालय प्रदेश नं. ४ पोखराका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बमले राष्ट्रिय पुननिर्माण प्राधिकरण कोषवाट निर्माण गर्न लागिएको प्रहरी व्यारेक भवनको जग पुजा एंव शिलन्यास गर्नुभएको छ ।

सो अवसरमा बमले राष्ट्रको शान्ति सुरक्षा लागि अहोरात्र तल्लिन रहने नेपाल प्रहरीको व्यवस्थित एंव सुविधायुक्त आवासहरु हनु अत्यावस्यक रहेको बताउनु भयो । यस्ता निर्माण भएका भवनहरुले प्रहरीको व्यावसायिक कार्यसम्पादनमा थप उत्साह र उर्जा ल्याउने कुरामा आफु विश्वस्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बमको भनाइ छ ।

साथै भवन निर्माण सम्बन्धी प्रतिवेदन पेश गर्दै प्राविधिक सहायता समूहका प्रमुख प्रहरी निरीक्षक अनिल रानाले नेपाल प्रहरीको भौतिक संरचनाहरुको आवस्यकता अनुरुप निर्माण गर्दै जाने प्रहरी संगठनको उदेश्य अनुसार राष्ट्रिय भुकम्प प्राधिकरण कोषवाट बजेट विनियोजन भए अनुरुप भवन निर्माण कार्य अगाडि बढेको बताउदै उक्त निर्माण कार्यको लागि सबै प्रक्रियाहरु पुरा भई २०७४ असार २५ गते सिनर्जि बिल्डर्स प्रा.लि. कुलेश्वर काठमाण्डौसंग भ्याट बाहेक ३ करोड ७८ लाख ५७ हजार ६ सय ७५रुपैया ७० पैसामा सम्झौता भएको बताउनु भएको थियो ।

भुकम्प प्रतिरोधात्मक RCC Frame Structure अनुसार तयार गर्न लागिएको उक्त तिन तले भवनमा १४२ जना सम्म बस्न सकिने साना ठुला गरी १२ वटा कोठा रहने छन ।

उक्त कार्यक्रममा अंचल प्रहरी कार्यालय गण्डकीका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विष्णुहरी गौतम, जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी उपरीक्षक अशोक सिंह, प्रदेश प्रहरी कार्यालय प्रदेश नं. ४ पोखरा प्रहरी उपरीक्षक बसन्त बहादुर कुवँर, क्षेत्रीय गण पोखराका प्रहरी उपरीक्षक नल प्रशाद उपाध्याय लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *