समाचारपाटी, पोखरा, १४ भदौ । दुई वर्षे जापानी भाषा अध्ययनका लागि २००८ अप्रिल १३ तारिख जापान को फुकुओका आएकी सविना महर्जन २००९ अगस्ट २६ तारिखसम्म परिवारको सम्पर्कमा थिइन उनी अगस्ट ३१ तारिखदेखि वेपत्ता छन् र अहिलेसम्म कुनै खबर छैन ।

परिवारले सविनालाई खोज्नको लागि प्रहरीलाई भन्यो तर आज सन् २०१७ अगष्ट आउदा पनि सविना भेटिएकी छैनन् । परिवारको आस अझै मरेको छैन । उनिहरु भनिरहेका छन् कि सविनालाई खोजीदिनुपर्यो । यसैबीचमा हामीलाई एउटा भिडियो प्राप्त भएको छ ।

भिडियोमा आफ्नी बहिनीलाई खोजिदिन सविनाकी दिदी विना महर्जनले सबैलाई अनुरोध गरेकी छन् । यस विषयमा हामीले सविना र यस संग सम्बन्धीत सामाग्री खोज्यौ । सविनाको दिदी विनाले भनेजस्तै यो समाचार नेपालका राष्ट्रिय मिडियामा पनि आईसकेको रहेछ । यसको बारेमा स्वतन्त्र पत्रकार सुविन श्रेष्ठले आफ्नो ब्लगमा पनि लेखेका छन् । उनले लेखेको ब्लगमा सन् २०१० मा सविनाको खोजी गरिदिन परिवारले इन्टरपोललाई आग्रह गरेका थिए । तर अहिले सम्म सविनाको अत्तोपत्तो छैन ।

यो घटना अझै रहस्यमै छ, परिवारको आश अझै मरेको छैन, उनको अवस्था वारे खोज्नका लागि पहल नभएको हैन तर खोजिकार्य प्रभावकारी बनेन, फेरि एकपटक जुटिदिन रुँदै जापानवासी सबै नेपालीमा आग्रह गर्दैछिन् उनकी दिदी बिना महर्जन ।

सबिनाको बारेमा उनकी दिदीले भनेको कुरा हेर्नुहोस भिडियोमा र उनको खोज्नको लागि सबै जुटौ सबै माझ पुर्याउनको लागि यो भिडियो शेयर गरिदिनुहोला ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *