काठमाडौं, १४ भदौ । बरामद रक्तचन्दन सुरक्षाका लागि राज्यकोषमाथि करोडौं रुपैयाँबराबरको व्ययभार पर्दै आएको छ । काठमाडौंको वन परिसरमा थन्किएको रक्तचन्दन रुँघ्न मात्र १२ वर्षदेखि ३० सुरक्षाकर्मी र एक वनरक्षक खटिँदै आएका छन् । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ती सुरक्षाकर्मीलाई अतिरिक्त सुविधासहित रक्तचन्दन सुरक्षामा खटाइएको हो ।

०६२ देखि दुई लाख ४७ हजार ४८ किलो प्रतिबन्धित रक्तचन्दन बरामद भएको विभागको तथ्यांक छ । चार कन्टेनर, एक ट्रक र एक टाटा मोबाइल गाडीमा लोड गरिएका रक्तचन्दनको व्यवस्थापन सरकारका लागि ठूलो टाउको दुखाइ बन्दै आएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

वन विभागका सूचना अधिकारी अवोधकिशोर कुसवाहका अनुसार बरामदमध्ये ८५ प्रतिशत दशीका सामान (रक्तचन्दन) का विषयमा अदालतले फैसला गरिसकेको छ । अदालतले व्यवस्थापन गर्नू भनिसके पनि सरकारले गर्न नसक्नुमा केही जटिलता छन् । जसका कारण बर्सेनि राज्यकोषमाथि करोडौंको भार परेको हो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *