नेपाल आदिवासी जनजाति महासंघ,क्युश्यु जापानको प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न
फुकुओका,जापान
अगष्ट ३०
क्युश्यु क्षेत्रमा बसोबास गर्ने आदिबासीहरु बीच भेला गरि तामांग समाज क्युश्यु अध्यक्ष बिष्णु बहादुर तामांगको नेतृत्वमा १३ सदस्यीय नेपाल आदिवासी जनजाति महासंघ क्युश्यु गठन भएको छ | गठित उक्त कार्यसमितिलाई केन्द्रिय प्रतिनिधि तथा नेपाल आदिवासी जनजाति महासंघ, जापानको वरिष्ठ उपाध्यक्ष श्री हवल चन्द्र लामाको प्रमुख आतिथ्यमा सपथ ग्रहण गरि अधिकारिकता पाएको छ |
अगष्ट २७ तारिख फुकुओका सहरको हाकातामा अवस्थित नेपाली रेष्टुरेन्ट बाजेको सेकुवा घरमा सम्पन्न भएको उक्त कार्यक्रममा क्युस्युका प्रतिनिधि , फुकुओका नेपाली सोसाईटिका अध्यक्ष, हामी नेपाली हाम्रो अभियानका प्रतिनिधिहरु लगाएत क्युश्यु बासि नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो |
संस्थाको नवनिर्वाचित उपाध्यक्ष सुक्राज चेम्जोङ्को स्वागत मन्तव्य संगै मनिषा राना र सारदा गुरुङले अतिथिहरुलाई व्याज वितरण र खादा लगाएर अतिथिहरुलाई स्वागत गरिएको थियो |
उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नया कार्यसमितिलाई बधाई तथा सुभकामना ब्यक्त गरेका थिए |
यसै बिच सल्लाहकार राम कृष्ण श्रेष्ठले नेपाल आदिवासी जनजाति महासंघको क्युस्यु क्षेत्रीय समिति गठन र औचित्य बारे प्रष्ट पार्दै आफ्नो धारणा राख्नु भएको थियो भने प्रमुख अतिथि लामाले वर्तमान परिस्थिति र परिवेशमा हामी आदिवासी जनजातिहरु संगठन र राजनितिक बिचारहरुमा धेरै पछाडि रहेको कुरालाई राख्दै नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरु बधाई दिनु भएको थियो |
अन्तमा कार्यक्रमका सभापति बिष्णु बहादुर तामाङले आफुलाई त्यस क्षेत्रका सम्पूर्ण अग्रज तथा आदिवासी जनजाति साथीहरुले ठुलो विश्वासका साथ संस्थाको जिम्मेवारी दिनु भएकोमा खुशी व्यक्त गर्दै नेपाल आदिवासी जनजाति महासंघ क्युस्यु क्षेत्रीय समितिलाई क्युस्यु क्षेत्र कै एउटा नमूना संस्थाको रुपमा स्थापित गर्ने समेत प्रतिबद्दता गर्दै कार्यक्रमलाई समापन गर्नु भएको थियो |
कार्यक्रमको संचालन संस्थाका सचिब मिलन मगरले गरेका थिए |