एन आर एन ए जापानको चुनाबी चहलपहल
फुकुओका,जापान
अगष्ट ३०
गैर आवासीय नेपाली संघ (एन आर एन ए ) सन् २००३ साल अक्टोबरमा विश्व सम्मेलन आयोजना गरी स्थापना भएको हो। यो संस्था नेपाल सरकार ,नेपाल उद्योग बाणिज्य महासंघ र विश्व भरि छरिएर रहेका गैर आवासीय नेपालीहरुको साथ ,सहयोगमा जन्मिएको हो ।आज यो सस्था लगभग १४ बर्ष पुग्न लागेको छ ।यस बीच बिबिध आरोह अवरोह पारगर्दै विश्वका ७३ भन्दा बढी देशहरुमा फैलिएको छ ।नेपालको बिग्रदो राजनैतिक अस्थिरता लगाएत अन्य बिबिध कारणले आफ्नो मातृभूमि छाडी विदेशिन बाध्य रहेका नेपालीहरुको सहयोग र विदेशीएका नेपालीहरुले सिकेका शीप ,ज्ञान र पुँजीलाई भित्र्याई नेपालको आर्थिक विकाशमा टेवा पुर्याउनु यो संस्थाको मुख्य उद्देश्य हो ।यति सुन्दर ,पबित्र ,स्वतन्त्र उद्देश्य अनि नेपाल र नेपालीको लागि काम गर्ने गैर राजनैतिक संस्था भएकोले धेरै देशहरुमा फैलिदै गयो ।
डा उपेन्द्र महतो सस्थापक अध्यक्ष भएर स्थापित यो सस्थाको मुख्य नारा ”नेपालीको लागि नेपाली र एक पटकको नेपाली सधैको नेपाली ”छ ।यो संस्था बिशुद्ध नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको हितको लागि जन्मिएको गैर राजनैतिक छाता संगठन हो ।भनिन्छ ‘जननी-जन्मभूमिश्च स्वर्गादपि गरीयसी’’आफ्नो जन्मोथालो प्राण भन्दा प्यारो हुन्छ ।आज विश्वमा रहेका हरेक नेपालीहरुलाई आफ्नो जन्म थलोको धेरै माया छ ।आफ्नो पेशा ,व्यवसाय ,शिक्षा लगाएत अन्य विविधकारणले विदेशिन बाध्य नेपालीहरुको संख्या लगभग ४५ लाख अनुमान गरिएको छ। जुन कुनै एउटा देशको जनसंख्या बराबर छ । बिदेशमा नेपालीहरुले पाएको दुख, पिडा लगाएत आत्मा जस्ता घटनाहरु पनि धेरै हुने गर्दछ यस्ता घटनाहरुमा एन आर एन ले सहयोग गर्दै आएको छ ।त्यतिमात्र नभई नेपालको बिग्रदो आर्थिक अवस्थामा रेमिटेन्स मार्फत नेपालको आर्थिक अवस्था सुधार गर्न सहयोग गर्यो ,बिदेशी लगानी भित्र्याउने कामको थालनी गर्यो । अझ नेपालमा प्राकृतिक प्रकोप जादा धेरै साथ् र सहयोग गर्यो।जसले गर्दा एन आर एन ए लाई सबैले प्रशंसा गरे । तर यसका वर्तमान क्रियाकलाप र अभियानलाइ हेर्ने हो भने कतै यसको स्थापनाको भित्रि उद्देश्य अरु नै केहि त थिएन भन्ने शंका उत्पन्न गराएको छ। अर्थात एनआरएन आफ्नो उद्देश्यबाट विमुख भएको भान हुन्छ। कर्तव्यमुखि अभियानका लागि स्थापित एन आर एन ए राजनैतिक, जातिय ,क्षेत्रीय पकड जमाउनको लागि नेतृत्वको होडवाजिको लडाइमा फसेको छ। जसले गर्दा विभिन्न देशहरुमा संगठनात्मक किचलो ,बिरोध मनमुटाब ,झैँ झगडाका समाचारहरु आउने गरेका छन् । आशा छ अवको नेतृत्वले सहि निर्णय गरी राम्रो काम गर्ने छन् ।
एनआरएनए जापान
जापानमा करिब ७० हजार नेपाली रहेको छ तर एन आर एन को सदस्य हेर्ने हो भने यस बर्ष १० हजार रहेको छ जुन निकै कम हो।अबको नेतृत्व सबै जापानबासि नेपालीलाई समेट्न सक्ने सक्षम हुनु पर्छ भन्ने छ तर चुनाबको बेला भोट मग्नको लागि मात्र सदस्य बनाउने प्रबृत्तिले गर्दा सोचेअनुसार सदस्य नबनेको हो भन्न सकिन्छ।एन आर एन ए जापानले सामाजिक कार्य नगरेको भने होइन तर जति गर्नु पर्छ त्यो हुन सकेको छैन।सामाजिक काम गर्न सामाजिक एवं सक्षम व्यक्तित्व ,सबैलाई समेट्न सक्ने नेतृत्व आवश्यक पर्दछ।अहिले जापानको चुनाबी परिवेशलाई हेर्ने हो भने मुख्य केहि पदहरु सहमतिको आधारमा छनौट भैसकेको छ त्यो एकदम राम्रो कुरा हो र आम जापान बासी नेपालीको चाहना पनि सहमतिको आधारमा सक्षम नेतृत्व आउनु पर्छ भन्ने हो ।तर सहमति हुदा जापानको टोक्योमा बस्नेहरु बीच हुने तर टोक्यो बाहिरको उम्मेदवार हुदा चाहि के चुनाब नै गर्नु पर्ने ?के एन आर एन ए जापान भनेको टोक्यो हो ? यस्ता खालका प्रश्नहरु उठ्न थालेको छ।सहमतिको लागी धेरै प्रयासहरु भएको र सहमति हुन नसकेकोले चुनाबमा जाने तयारी भैरहेको छ ।तर सेप्टेम्बर ३ तारिक हुने भनिएको चुनाबमा आज सम्म मतदातालाई कुनै जानकारी नहुदा अन्योलमा रहेका छन्।कतिलाई आफ्नो एन आर एन ए परिचय पत्र कहाँ छ थाहा छैन अनि चुनाब हुदा भोट हाल्ने तरिका पनि थाहा छैन यस्तै हो भने चुनाब नै भए पनि लज्जास्पद मत खस्ने देखिन्छ। चुनाबमा नै गए मिलेर बसेको समाजमा फुट आउन सक्ने भनेर एनआरएनएलाई माया गर्नेहरु चिन्तित हुन थालेका छन् ।
एन आर एन ए क्युश्यु क्षेत्रको अधिबेशन हुदै गर्दा चुनाबले सबैलाइ असर गर्दछ भन्दै क्युश्युका बुद्धिजिबी,अग्रजहरुको पहलले सहमतिमा गराइयो।क्युश्यु अधिबेशन जापानको क्षेत्रीय अधिबेशन सुरुवातको अवस्थामा थियो यदि क्युश्युबाट चुनाब सुरु भए जापानभरि नै समस्या ल्याउने अनुमान थियो।अब जापानको केद्रमा सहमति नहुने हो भने यसले समस्या ल्याउने सक्ने अनुमान छ।क्युश्यु क्षेत्रबाट सबैको छफल र पहलले दुइजना नेतृत्व आवश्यक ठानी पठाएको छ।जसमा उपाध्यक्ष छत्र दाहाल र सदस्य हस्त लामा रहेका छन् ।क्युश्यु क्षेत्रबाट जनसंख्या र भूगोलको आधारले गर्दा पनि एन आर एन ए जापानको नेतृत्वमा आउन अति आवश्यक छ।क्युश्यु क्षेत्रमा अधिकांश बिद्यार्थीहरु भएको हुदा समस्या पनि धेरै नै छ।ति समस्याहरु एन आर एन ए मार्फत समाधान गर्न र एन आर एन ए सबैको हो भन्ने भन्ने भान क्युश्यु बासीलाई बनाउन क्युश्युबाट नेतृत्व चुनिनु पर्दछ।
एन आर एन ए जापान उपाध्यक्ष उम्मेदवार छत्र दाहाल भन्छन यदि क्युश्यु क्षेत्र बाट एन आर एन ए केन्द्रको प्रतिनिधि नभए क्युश्यु क्षेत्रको समस्या समाधानका बारेमा कसरी कार्यक्रम बन्छ?के क्युश्युको समस्या केन्द्रमा बसेर थाहा हुन्छ ?यो सबै जापानबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले राम्ररी बुझेका छन् र निष्पक्ष चुनाब भए मलाई चुन्ने छन्।अहिलेकै अवस्थाले जाने हो भने चुनाब भए पनि एन आर एन ए सदस्यहरुको उपस्थिति न्यून हुने पक्का छ तसर्थ भोटिंगको बारेमा मतदातालाई जानकारी नगराइए चुनाबमा जानु को अर्थ छैन।यो चुनाब बैस्कार हुन पनि सक्दछ ।
त्यस्तैगरी केन्द्रिय सदस्य उम्मेदवार हस्त लामा भन्छन क्युश्युमा निर्वाचनमा जाने कुरा भए पनि सर्बसुलभ तरिकाले सबैको सहभागिता हुने गरी कुनै तयारी नभएकोले राम्रो लागिरहेको छैन ।चुनाब नै भएमा आफुले आज सम्म सकेको सबैलाई सहयोग गर्दै आए र यस पटक केन्द्रमा जाने अवसर पाएको छु आसा छ सम्पूर्ण जापानबासीले मलाई मतदान गरी जिताउने छन् ।
यस पटक जापानको एन आर एन ए केन्द्रको सबै पदहरुमा सहमतिको आधारमा होस् र चुनाब नै भए पनि निष्पक्ष रुपमा होस्।