चितवन । चितवनको माडीमा सर्वाधिक धनराशीको ‘स्टार कप फुटबल प्रतियोगिता’ भोली (बुधबार)बाट सुरु हुँदैछ ।
स्टार स्पोर्टस् क्लवको आयोजनमा २१ औं वार्षिकोत्सव तथा २३ औं संस्करण अन्र्तगत माडी स्तरिय नकआउट फुटबल प्रतियोगिता हुन लागेको हो । माडीभरिका २५ टिमको सहभागितामा रहेको प्रतियोगिताको विजेताले ५५ हजार १ सय ५१ रुपैयाँ, उपविजेताले २६ हजार १ सय ५१ रुपैयाँसहितसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक अमित लामाले जानकारी दिए ।
यससंगै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिल्डफिल्डर, सर्वाधिक गोलकर्ता, अनुशासित टिम, अनुशासित खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने संयोजक लामाले जानकारी दिए । यसैगरी सेमिफाईनलमा पुगेका ४ टिमलाई एक÷एक सेट जर्सी वितरण गरिने आयोजक कमिटिका अध्यक्ष सूर्य अधिकारीले जानकारी दिए ।