महोत्तरी, १४ भदौ – प्रहरीले लागु औषधका विक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ । मंगलवार महोत्तरीको गौशाला नगरपालिका—७ का १८ बर्षीय नाजिर सेख, मोहमद असरफ सेख र इरफान सेखलाई लागुऔषध सहित ईलाका प्रहरी कार्यालय बर्दिवासले पक्राउ गरेको हो ।

बर्दिबासको—औरही—जलेश्वर सडक खण्ड अन्तर्गत बर्दिबासको मसनघट्टाबाट प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक प्रविन पोखरेलले जानकारी दिए ।

उनीहरुको साथबाट  लागुऔषध स्पास्मोप्रोक्सीभन(१५ पता) १ सय २० ट्याब्लेट, नाइट्रोभेट (१६ पता) २४इ ट्याब्लेट, डाइलेक्स १५ बोतल प्रहरीले बरामद गरेको जनाएको छ । ज.४ प. ५१६५ नम्बरको होन्डासाइन मोटरसाइकलमा भारतबाट  आइरहेका बेला प्रहरीले गोप्य सूचनाका आधारमा उनीहरुलाई प्रकाउ गरेको हो ।

एउटै मोटरसाइकलमा तीन जना चढी बर्दिबास तिर आइरेका तीन युवा मध्ये नाजिरले लागुऔषध भएको भोला हातमा झुण्डियाई ल्याउँदै गरेपछी प्हरीले चेक जाँच गर्दा उनीहरु पक्राउ परेका हुन ।
पक्राउपर्नेहरुले भारतको बेलाबाट लागुऔषध खरिद गरेर बर्दिबासमा बिक्री गरी अत्यधिक आर्थिक फाइदा लिने गरेको  प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *