राहत संकलन

एन आर एन ए क्युश्युद्वारा राहत संकलनमा तिब्रता

फुकुओका,जापान
अगष्ट २८

”सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ् एन आर एन ए क्युश्यु संयोजक लक्ष्मण बानियाको अध्यक्षतामा स्थापित बाढी पिडित राहत कोष मार्फत रकम संकलन कार्यलाई तिब्रता दिएको छ । जापानको क्युश्यु क्षेत्रमा क्रियाशील सम्पूर्ण सामाजिक संघ संस्थाहरुसग हातेमालो गर्दै यस आपतकालीन क्षणमा एकजुट भई सक्रिय रुपमा लागिपरिरहेका छन् ।हरेक पटक हुने प्राकृतिक प्रकोप होस् या अन्य विभिन्न घटना क्रमहरुमा क्युश्यु क्षेत्रका सामाजिक संस्थाहरु बिशेषगरी फुकुओका नेपाल सोसाइटी ,एन आर एन ए क्युश्यु सक्रिय रुपमा अग्रसर भएर काम गरिरहेको छ ।यस क्युश्यु क्षेत्रले नेपालमा गएको विनाशकारी भुकम्प होस् या जापानको कुमामोतोमा गएको भुकम्प अनि बढीपहिरो लगाएत मानवीय घटनाहरुमा सधै अग्रसर रहदै विभिन्न तह र तप्कामा रहेर सहयोग गर्दै आएको छ।एन आर एन ए क्युश्यु २०१५ – २०१७ किरण बर्माको नेतृत्वको कार्यसमितिले एन आर एन ए जापानको ५ करोड आपतकालिन राहत कोषमा एन आर एन ए जापानको १३ ओटा क्षेत्रीय समिति मध्ये सहयोग गर्ने पहिलो क्षेत्र भएको छ ।

यस पटक भने क्युश्युले छुट्टै र परिणाममुखी कार्यको थालनी गर्ने भएको छ ।नेपालको तराइ क्षेत्रमा गएको बढीले धेरैको ज्यान गयो हजारौ घरबारबिहीन भए र करोडौको क्षति भयो ।यस विषम परिस्थितिमा हातेमालो गर्दै सहयोगको हात अगाडी बढाउनु हामी सबैको कर्तब्य हो।यी कुरालाई मध्यनजर गर्दै एन आर एन ए क्युश्यु संयोजक लक्ष्मण बानियाको अध्यक्षतामा स्थापित राहत कोषले बाढी ग्रसित क्षेत्रमा क्युश्युको सबै सस्था संग सहकार्य गरि स्कुल बनाउन रकम संकलन कार्य तिब्र पारिएको संयोजक लक्ष्मण बानियाले फुकुओका नेपाल डट न्युजलाई बताए।एन आर एन ए क्युश्यु कार्यसमिति सदस्यहरुबाट र संस्थाको कोषबाट सुरुवात गर्दै क्युश्युको धेरै बिद्यालयहरुमा राहत संकलन बक्स राखेर यसलाइ अभियानको रुपमा अगाडी बढाईएको छ।
आसा छ यस्ता सामाजिक कार्यले क्युश्यु बासीहरुबीच भाइचारा बढ्नुका साथै समस्यामा परेकाले राहत पाउने छ।क्युश्युबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु आफुले सक्दो सहयोग गरी एन आर एन ए क्युश्युको यस पबित्र कार्यमा सरिक बनौ।

, ,
Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *