काठमाडौं, ११ भदौ । चिकित्सा शिक्षामा सुधारको माग गर्दै बारम्बार आमरण अनशन बसेका शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले पुनः सत्याग्रह लगायतका आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएकोप्रति मुख्यतः असन्तुष्ट देखिएका डाक्टर केसीले तीनबूँदे माग पूरा गर्न सरकारलाई आगामी भदौ २१ गतेसम्मको अल्टिमेटम दिएका छन् ।

उनले नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने त्रिविका उपकुलपति, रेक्टर र रजिस्टारलाई बर्खास्त गरी कारबाही प्रक्रिया अगाडी बढाउन माग गरेका छन् ।

खाली रहेको आवासीय भवनलाई मेडिकल कलेजलाई दिइएको सम्बन्ध खारेज गरिनुपर्ने, त्रिभुवन विश्वबिद्यालयले दिने सम्बन्धन, बिद्यार्धी भर्ना, शुल्क निर्धारण लगायतका सबै सधिकार आइओएममा फिर्ता गर्नुपर्ने केसीको मुख्य माग हुन् ।

बिज्ञप्तिमार्फत डा केसीले आफूले दिएका सुझाव र माथेमा प्रतिवदेनअनुसार परिमार्जन गरेर चिकित्सा शिक्षा ऐन तत्काल जारी गर्न माग गरेका छन् ।

उनले २१ गतेभित्र माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन् ।

चिकित्सा सेवा र शिक्षामा सुधारको माग गर्दै डा केसीले यसअघि ११ पटक आमरण अनशन बसिसकेका छन् ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *