Home » समाचार » जनजाती महासंघ क्युस्यु गठन
जनजाती
जनजाती महासंघ क्युस्यु गठन

जनजाती महासंघ क्युस्यु गठन

नेपाल आदिबासी जनजाति महासंघ क्युशु जापानको क्षेत्रीय कमिटी गठन

फुकुओका,जापान
अगष्ट २५

नेपाल आदिबासी जनजाति महासंघ क्युशु जापानको क्षेत्रीय कमिटी गठन भएको छ। जापानको क्युशु क्षेत्रमा बिभिन्न जातिय संगठन भएता पनि आदिबासी जनजातिहरु सबै लाई एकै ठाउमा गोलाबद्ध गराउने साझा संगठन नेपाल आदिबासी जनजाति महासंघ भने थिएन।सम्पूर्ण जनजातीहरु एकै ठाउमा गोलबद्ध गराउने उद्देश्यले तामाङ संघ क्युशुकाअध्यक्ष बिष्णु तामांगको नेतृत्वमा आदिबासी जनजाती महासंघ क्युश्य गठन भएको छ।
सबै भन्दा पहिला नेपालमा २०४७ सालमा जनजाती महासंघ को स्थापना भएको थियो त्यस्को परिमार्जित विधान २०५१ का अनुसार “जनजाति भन्नाले हिन्दू बर्णश्रम संरचनाभित्र नपर्ने नेपालका आदिवासी एवं मूल जातिहरुलाई जनाउँछ ।”संयुक्त राष्टसंघका आदिवासी विशेष प्रतिवेदक (र्‍योपोचिएर) मार्टिनेज कोवोका अनुसार आदिवासी भन्नालेः सारमा आदिवासी ती हुन्, जसको ऐतिहासिक निरन्तरताको कडी छ जो अतिक्रमण पूर्व वा उपनिवेश हुनु पूर्व त्यो क्षेत्र वा भूमिको विकास भएको थियो र आज जसले आफूलाई भिन्न समुदायको रुपमा दावा गर्छ र जो आफ्नै साँस्कृतिक, सामाजिक एवं कानूनी प्रक्रियाद्धारा चलेका छन् ।
आदिवासी जनजातिको सम्बन्धमा सन् १९८९ मा भएको पहिलो अन्तर्राष्टिय सन्धी आइ एल ओ १६९ को धारा १ को उपधारा १ र २ का अनुसार आदिवासी जनजातिको परिभाषा यस्तो छ स्वतन्त्र देशका ती जाति जसको राष्टिय समुदायको भन्दा अलग सामाजिक, साँस्कृतिक तथा आर्थिक अवस्था छ र जसको समाज पुरै वा आंशिक रुपमा आफ्नो परम्परा, रितिरिवाज र विशेष कानून नियमहरुद्धारा परिचालित छ ।
छरिएर रहेका सम्पूर्ण जनजातिहरुलाई समेट्दै भेलाबाट देहाएबमोजिम कार्यसमिति गठन गरिएको छ ।
सल्लाकारहरु
राम कृष्ण श्रेष्ठ
हस्त लामा सुपेन्द्र घिसिङ

अध्यक्ष : बिष्णु बहादुर तामाङ
उपाध्याक्ष:सुक्राज चेम्जोङ्
कोषाध्यक्ष :धर्म महर्जन
सह -कोषाध्यक्ष :प्रेम गुरुङ
सचिब :मिलन मगर
सह- सचिब रोशन राइ
सदस्यहरु
सचिन नेमाङ
दिपक राना
यम लोप्चन
ज्ञान प्रसाद गुरुङ

उक्त भेलाले आगामी दिनमा सक्रिय सदस्यहरु थप गर्दै जाने र नेपाल आदिबासी जनजती महसंघको केन्द्रिय अध्यक्ष पासाङ शेर्पा बाटअगष्ट २७ गते सपत ग्रहण हुने कार्यक्रम तय गरिएको सचिब मिलन मगरले फुकुकुओका नेपाल डट न्युजलाई बताए ।

Image result for जनजाती महासंघ japan

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस ...