फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम हुने
फुकुओका जापान
अगष्ट २१ ,२०१७
कलेज सेचुमेई खाई कार्यक्रम एन आर एन ए क्युश्यु उप संयोजक नवराज गौतमको नेतृत्वमा हुने भएको छ। फुकुओकामा बिध्यार्थीहरुको चाप र बिद्यालय नपाएर समस्या भोगिरहेको अवस्थामा यस्तो कार्यक्रमले समस्यामा परेका बिधार्थीहरुलाई राहत पुग्ने आयोजकले बताएको छ।
जापानमा आएका बिध्यार्थीहरुलाइ सहि मार्ग निर्देशन नपाएर समस्यामा परेको बुझिन्छ ।फुकुओकामा ८० प्रतिशत भन्दा बढी बिद्यार्थीहरु भएको हुदा अन्य मनोरन्जनात्मक कार्यक्रम भन्दा पनि बिद्यार्थी सहयोग कार्यक्रम गर्न अति आवश्यक छ ।आजका बिद्यार्थी भोलिको कर्णधार हुन त्यसैले बिध्यार्थीलाई सहि निर्देशन दिनु सामाजिक संस्थाको दायित्व पर्दछ ।जापानमा पढाइ सकेर पनि जागिर नपाउनेहरुको संख्या नभएको भने होएन।बिद्यार्थीहरुलाई सहि समयमा सहि ज्ञान दिन नसकेकोमा पढाइ सकेर पनि जागिर पाउन कठिन र बीच मै कलेज छाड्ने गरिएको पनि पाइन्छ।कुनै कलेजमा भर्ना हुनु भन्दा पहिले त्यसमा आफु पढ्न सकिने छ कि छैन र पढेर जागिर पाउन सकिन्छ कि सकिदैनभन्ने कुरा बुझ्न आवश्यक हुन्छ। जापानमा विदेशी बिद्यार्थीहरुको लागि भोकेसनल कलेजहरुको वृद्धि भई रहेको छ त्यसमा पनि आफ्नो इच्छा भएको बिषय ,आर्थिक रुपले धन्न सक्ने कलेज छान्न सके अवश्य जापानमा आफ्नो सुन्दर भबिष्य बनाउन सकिन्छ ।
सहि समयमा सहि निर्णय गरेर अगाडी बढ्न सके सबैको भलो हुने कुरा कसैको दुई मत हुदैन त्यसले जापानमा आफ्नो सुन्दर भबिष्य बनाउन चाहने बिद्यार्थीहरुको लागि सही ज्ञान दिने उद्देश्यले गाक्को सेचुमेई खाई कार्यक्रम गर्ने लागेको छ ।यो कार्यक्रममा सम्पूर्ण फुकुओकाका बिद्यार्थीहरुलाई उपस्थितिको लागि हार्दिक आव्हान गरिएको छ।