पहिलो एनएन एफ सी रनिङ् कप उपाधि फ़ुकुओका ऒहसि एफ सी लाइ
फुकुओका ,जापान
२१ अगष्ट २०१७
जापानको नागोयामा सम्पन्न पहिलो एन एन एफ सी रनिङ्ग कप उपाधि राइजिङ्ग नेपाल एफ सी ‘ए’ लाइ पछि पर्दै फ़ुकुओकाऒहसि एफ सी ले जित हासिल गर्न सफल भएको छ ।
एनएन एफ सीको आयोजनामा सम्पन्न उक्त फुटसल प्रतियोगिताको बिजेता फ़ुकुओका ऒहसि एफ सी ले ट्रफी सहित नगद ४ लाख ११ हजार एक सय ११ येन हाता परेको छ । सगै जापान कै बलियो मानिएको टिम राइजिङ्ग नेपाल ए ले भने दोश्रोमा चित्त बुझाउनु परेको छ।उपबिजेता राइजिङ्ग नेपाल एफ सी ए ले २ लाख ११ हजार एक सय ११ यन सहित ट्रफी प्राप्त गरेको छ ।
फाइनल खेलमा राइजिङ्ग नेपाल एफ सी ए र फ़ुकुओका ऒहसि एफ सी बीच २/२ गोल भएको थियो। बेस्ट प्लेयर र बेस्ट किपर पनि फ़ुकुओका ऒहासि एफ सीका क्रमश सरोज थापा र रंजित गुरुङ भएका छन् ।
जापानभरी बाट उत्कृष्ट १२ ओटा एफ सी टिम सहभागी प्रतियोगितामा फ़ुकुओका ऒहसि एफ सी ले बिजेता हासिल गर्न सफल हुनु सम्पूर्ण फुकुओकाबासीको गौरवको कुरा हो एन आर एन ए क्युश्यु संयोजक लक्ष्मण बानिया भन्छन।साथै उहाले यो बिजय हासिल गर्न सहयोग गर्नु हुने फुकुओका सम्पूर्ण फुटबल टिम ,स्पोन्सर ज्युहरु लगाएत सम्पूर्ण खेलाडीहरुलाई धन्यवाद ब्यक्त गर्दै आउदा दिनहरुमा साथ र सहयोगको अपेक्षा गरेका छन् ।