कास्की पोखरा समाज क्युश्युले दर खाने कार्यक्रम आयोजना गर्ने
फुकुओका जापान
अगष्ट १८
नबगठित कास्की पोखरा समाज क्युश्युले पहिलो कार्यक्रम तीजको अवसरमा दर खाने कार्यक्रम गर्ने भएको छ।नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा दर खाने कार्यक्रम बुद्ध रेस्टुरेन्ट ओहासिमा हुने भएको छ।कास्की पोखरा समाजले योजना गरेको उक्त कार्यक्रममा कास्की पोखराको मात्र नभई सम्पूर्ण क्युश्युबासी सम्पूर्ण नेपाली महिला दिदिबहिनीहरुको उपस्थिति हुने आयोजकले बताएको छ।
क्युश्यु क्षेत्रमा कास्की पोखराबासीहरुको चापलाइ मध्यनजर गर्दै २०१७/०७/२९ मा गठित उक्त सस्थाको नेतृत्व सन्तोष थापाले गर्नु भएको छ।कास्की पोखरा समाज क्युश्युले आयोजना गरेको दर खाने कार्यक्रमा सम्पूर्ण क्युश्युबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध अध्यक्ष सन्तोष थापाले गरेका छन् ।
कार्यक्रम
स्थान: बुद्ध रेस्टुरेन्ट ऒहसि
समय : साझ ६ बजे
सम्पर्क : सन्तोष थापा (अध्यक्ष ) ०९०-८२२५-०६९३
