Home » कार्यक्रम » फुकुओकामा राहत संकलन सुरुवात
फुकुओकामा राहत संकलन सुरुवात
फुकुओकामा राहत संकलन सुरुवात

फुकुओकामा राहत संकलन सुरुवात

फुकुओकामा राहत संकलन सुरुवात

फुकुओका ,जापान
अगष्ट १६ ,२०१७
फुकुओकामा सक्रिय बिद्दमान सामाजिक संघ संस्थाहरुले नेपालका बाढी पिडितहरुलाई सहयोग स्वरूप राहत संकलन अभियान संचालन गरेको छ।राहत संकलन फुकुओका नेपाल सोसाइटी , एन आर एन ए जापान क्युश्यु ,नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब ,मगर समाज क्युश्यु ,साझा सद्भाव समूह क्युशु लगाएत अन्य सामाजिक संघ संस्ठाहरुले गरिरहेका छन्। यसलाई व्यवस्थित गर्दै वास्तविक पिडितहरु सम्म पुर्याउनु पर्ने अवस्था आएको छ र त्यो सगै उक्त राहतले केहि अर्थ पूर्ण काम गरोस भन्ने फुकुओका बसी नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुको धारणा रहेको छ ।यसलाई मध्ये नजर गर्दै एन आर एन ए क्युश्यु,फुकुओका नेपाल सोसाइटी,नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबले आकस्मिक बैठक बसी राहत संकलन तिब्र पर्दै क्युश्युका सम्पूर्ण सामाजिक संस्ठाहरु एक भई संयुक्त कार्यक्रम गर्ने अभियानमा जुट्ने देखिएको छ ।
बिगतमा भएका प्राकृतिक प्रकोपहरुमा फुकुओका नेपाल सोसाइटीले राहत संकलन गरि सहयोग गर्दै आएको र यस पटक पनि सहयोगको घोषणा सगै यहि अगष्ट १८ तारिक हुन गैरहेको तीज कार्यक्रम बाट उठेको रकम बाढी पिडितलाई सहयोग गर्ने अध्यक्ष पुर्षोत्तम सिग्देलले बताए ।त्यस्तै गरि बिगतका प्राकृतिक प्रकोपको बेला गरेको सहयोग स्मरण गर्दै यस पटक एन आर एन ए क्युश्यु संयोजक लक्ष्मण बानियाको अध्यक्षतामा राहत कोष खडा गरिसकेकोले एन आर एन ए क्युश्युको खातामा रकम पठाई सहयोग गर्न सम्पूर्ण क्युश्यु बासीलाई आग्रह गर्दै आउदो शनिबार सम्पूर्ण क्युशुमा बिद्दमान सामाजिक सस्थाहरुसंग सरसल्लाह गरि क्युशुको तर्फबाट राहत कार्यक्रम बनाउन लागिएको जानकारी संयोजक लक्ष्मण बानिया  बताए। साथै सबैलाई साथ र सहयोग गरिदिनुहुन हार्दिक अपिल गरेका छन् ।
अहिले विभिन्न संघ संस्ठाहरुले राहत संकलन गरिरहेको अवस्थामा सबैलाई राहत संकलन अभियानमा सहयोगको अपिल गर्दै नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबले तत्काल पिडितहरुलाई राहत स्वरूप सस्थाका सदस्यहरुबाट राहत संकन गरि खाना तथा लत्ता कपडा सहयोग गर्ने र नेपालका लायन्स क्लबका साथै फुकुओकाका संघ सस्थाहरु सग हातेमालो गदै जाने भएको छ ।यहि आउदो २० तारिक श्री गणेश रेस्टुरेन्टले आयोजना गरेको तीज कार्यक्रमबाट उठेको सम्पूर्ण रकम बाढी पिडितलाई सहयोग गर्ने एन आर एन ए जापानका उपाध्यक्षका उम्मेदवार तथा समाजसेवी छत्र दाहालले बताए साथै सम्पूर्ण क्युश्यु बासि लाइ सहयोगको अपिल पनि गरेका छन् ।
आज नेपालले तपाई हामी सबैको साथ खोजिरहेको छ। तपाइको सानो सहयोगले बिपतमा परेका हरुलाई ठुलो राहत हुने छ ।त्यसैले आफुले सक्दो सहयोग गरि पिडिको पिडामा मलम लगाउने काम गरौ ।बिशेष गरी फुकुओकाबसी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आफुलाई पाएक पर्ने सस्थामा सहयोग गर्न अपिल गर्दै मातृ भुमिको सहयोगमा जुटौ ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

आजको राशिफल २०७४ असोज ९ गते सोमबार, Today’s Horoscope, 25 September 2017

आजको राशिफल वि.स.२०७४ साल असोज ९ गते। सोमबार। इश्वी सन् २०१७ सेप्टेम्बर २५ तारिख। शकसंवत् ...