कास्की पोखरा समाज क्युश्युको सल्लाहकार चयन
फुकुओका जापान
अगष्ट १६
कास्की पोखरा समाज जापानको क्षेत्रीय कमिटी क्युश्यु गठन भए सगै संस्थाको पहिलो बैठकले सल्लाहकारहरु चयन गरेको छ |आसुमिन फुकुओकामा अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा बसेको बैठकले ५ सदस्य सल्लाकार समिति गठन गरेको छ | जसमा कास्कीबाट जापानको फुकुओका शहरमा आउनु भएका अग्रजहरुलाई समेटिएको छ|सल्लाकारहरु धर्म राज अधिकारि ,गोबिन्द बहादुर शाह ,बद्रि पौडेल ,नारायण देवकोटा ,लक्ष्मण बानिया र कृष्ण सुबेदी रहेका छन् |
कास्की जिल्ला नेपालबाट विभिन्न उद्देश्यले जापानको क्युश्यु क्षेत्रमा आइ बसोबास गर्ने सम्पर्ण दाजुभाई तथा दिदीबहिनीहरु एकबद्ध भई एक आपसमा भाइचारा वृद्धि गर्दै जाने भएको छ |त्यसै गरि कार्यसमिति पुरा भए सगै सल्लाहकारहरुको सल्लाह सुझाब र सबैको साथ सहयोगले क्युश्युमा बसोबास गर्ने सम्पूर्ण युवा ,बिद्यार्थी लगायत सम्पूर्णको भावनालाई कदर गर्दै कार्यक्रम गर्दै जाने अध्यक्ष सन्तोष थापाले फुकुओका नेपाल डट न्युजलाई बताए।