गल्कोट समाज क्युश्यु र गैरे सेवा समाजको संयुक्त आयोजनामा हुने तीज कार्यक्रमको सम्पूर्ण तयारी पुरा
अगष्ट ९
फुकुओका,जापान
हरेक बर्ष तिज तथा नया बर्षहरुमा नेपालबाट ख्यातीप्राप्त कलाकारहरु बोलाएर जापानका बिभीन्न शहरहरुमा श्रृंखलाबद्ध सांस्कृतिक धमाका दिदै ब्रान्ड बनाइसकेको गल्कोट समाज जापानले यस पटक भने तीज बिशेष कार्यक्रम गर्ने भएको छ । यसै बिच गल्कोट समाज जापान क्युसु र गैरे सेबा समाज केन्द्रको संयुक्त आयोजनामा तीज बिशेष सांगीतिक धमाका २०१७ फुकुओका सहरको चुओउ सिमिन सेन्टरमा ८ /२४( हरितालिका तीज कै दिन) गर्ने भएको छ।कार्यक्रमको सम्पूर्ण तयारी पुरा भई टिकट बुकिङ्ग खुला गरी सकेको जानाकारी गल्कोट समाज क्युश्युका कोषाध्यक्ष मिलन बस्नेतले फुकुओका नेपाल डट न्युजलाई बताए ।त्यस्तै गरि हामी संग संक्षिप्त कुरा गर्दै गल्कोट समाज जापान (क्युसु) क्षेत्रका संयोजक बिपीन कडेलले यस बर्ष तिजकै दिनमा कार्यक्रम गर्न लागेको ले धेरै दीदीबहीनी दाजुभाई दिदीबहीनीहरुलाई छुट्टी मिलाउन आब्हान गरीरहेकोले बिगतका बर्षहरुभन्दा यस बर्ष धेरै दर्शकहरुको सहभागीता हुनेमा आशाबादी रहेको बताउनु भयो। गैरे समाज जापानका अघ्यक्ष टंक गैरेले यस कार्यक्रमको आम्दानीको एक तिहाई रकम धुर्मुस सुन्तली फाउन्डेसनले सुरु गरेको मिनी नेपाल परीयोजनालाई हस्तान्तरण गरीने र बॉकी रक़म अन्य सामाजिक सेबामा खर्चिने जनाकारी दिनुभयो। एस बर्षको तीज धमाका गल्कोट समाज र गैरे समाज सेवा संग मनाउन क्युस्युबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गरिएको छ ।