आसु भित्र पनि धेरै शब्दहरु लुकेका हुन्छन तर सबैलाई पढन आउँदैन भन्दै नायक अजय सुनार
अगष्ट ९
फुकुओका,जापान
भाद्र ७ गते हरितालिका तिजको अबसर पारी नेपाली कथानक चलचित्र फिक्का जापानको फुकुओकाको को तोसु बाट प्रारंभ हुदै छ ।नेपालका बितरक सुनिल मानन्धर (बालजी फिल्म्स ) ले देशै भरी एकै साथ मंगसिर १ गते देखी प्रदर्शन गर्दै छन् । यो चलचित्र देउराली इन्टरनेसनल मिडिया र ट्रिक मिडियाको संयुक्त ब्यानरमा निर्माण भएको हो। चलचित्रलाई युवा निर्देशक जनक खड्काले निर्देशन गरेका छन् भने नेपालको पहिलो महिला निर्देशिका
एवं निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ र नकुल खड्काले लगानी गरेका छन् ।
चलचित्रमा एन अर एन अजय सुनारले मुख्य भूमिकामा देखाएका छन् भने अपोजिटमा नायिका सर्मिला नेपालले एकै साथ अन स्क्रिन गर्दैछन। त्यस्तै नेसनल खेलडी दुर्गाराज पाण्डे पनि एसै फिल्मबाट नेपाली सिनेनगरीमा डेब्यु गर्दैछन।
सामाजिक एवं प्रेम कथामा अाधरित चलचित्र फिक्का मानिसको जीबनमा अाइपर्ने उत्तर चाडब ,मिलन बिछोड ,दुख पिडा ,हासो रोदनलाई निकैनै मार्मिक तारिकाले प्रस्तुत गरिएको छ। मनिसको आँखा बाट हामीले आसुमात्र बगेका देख्यौ तर बगेको आसु भित्र पनि अनगिन्ती शब्दहरु आसु सगै झरेका हुन्छन तर त्यसलाई जो कसैले पनि पढ्न सक्दैनन् त्यसैले आसु भित्रको शब्दलाई पढ्न सिक्न फिल्म फिक्का हेर्नु पर्छ भन्छन नायक अजय सुनार ।
चलचित्रमा रिता खाती सुनारको गीत कथा पठकथा संवाद रहेको छ लेखिका रिता खाती सुनार पनि यसै चलचित्रबाट नेपाली सिनेनगरिमा लेखिकाको रुपमा डेब्यु गर्दैछिन । चलचित्रमा चेतन सापकोटाको सगित हिरा चौधरीको कोरियोगोरफी ,सन्तोष सुनारको छ्याकन राजु श्रेष्ठको सम्पादन अमित श्रेष्ठको पार्श सगित अन्नत घिमिरेको कलर कलेक्सन् रहेको चलचित्रमा इस्पेनमा बस्दै आउनु भएका गायक तुलसी सिवाकोटीले समेत गीत गाएक छन भने बेल्जियमामा बस्दै अाऊनु भ्एका रचनाकार अर्जुन रत्न भिकरीले पनि गित रचना गरेका छन।
चलचित्रमा इसोरी बराल ,पैसा घिमिरे ,पुनम सुनार बिर्जन नेपाली ,मिलन गुरुङ ,इश्नेहा परियार आदी कलाकारको प्रमुख भूमिका रहेको छ भने चलचित्रलाई म्याकटेन कालु र नबराज भण्डारीले सयुक्त रुपमा साहयक निर्देशन गरेका छ्न ।एन बि अन्जान चलचित्रको कला निर्देसक हुन ।
जापानमा प्रदर्शन ब्याबस्था समाजसेबी ऊल्लास पाण्डेले गरेका छ्न । टोसुमा भने ईण्डियन नेपाली रेस्टुरेन्ट एभरेष्टको ब्याबस्थापनामामा प्रदर्शन हुन लगेको छ।समाजसेवी संदेश के सि को ब्याबस्थापन र ओहसी र हेप्पि करी हाऊसको सहयोगमा सेप्टेम्बर १५ गते ओगरिमा प्रदर्शन हुँदैछ । चलचित्र जापानको टोकियो ,नागोया ,ओकिनोवा लगयता युरोप ,अमेरिका अस्टेलिया ,क्यानडा गल्फ लगाएत देसै भरी प्रदर्शन हुनेभएको छ ।
जापानको फुकुओका हुने प्रदर्शनमा सम्पूर्ण क्युश्युबसी नेपालीहरुलाई आयोजकले उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ ।