जापानको फुकुओकामा क्युसु नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन
अगष्ट ५, फुकुओका,जापान
नेपाल को अस्थिर राजनैतिकका कारण बिदेसिने युवाहरुको चाप सगै समस्याहरु पनि बढ्दै गएको छ । ति समस्याहरुलाई सम्बोधन गर्न विभिन्न तबरले सहयोग काम गर्दै आइरहेका छन् ।जातीय ,क्षेत्रीय ,राजनैतिक र बिशेष उद्देस्यले गठित सस्थाहरु भन्दा फरक ढंगले फुकुओकामा नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन प्रक्रिया सुरु भएको छ।अहिले यस संस्थाको नेतृत्व बिक्रम घिसिङ्गले गर्नु भएको छ । यूवा नेपाली बिद्यार्थीहरुलाई मध्यनजर गर्दै “क्युशु मा रहेको सबै नेपाली बिद्यार्थीहरु एक हौं । “ भन्ने उद्देश्यले नेपाल युथ हेल्पिङ ह्यान्डस ग्रुप गठनको अन्तिम चरणमा पुगेको छ।
”यो क्युसु क्षेत्रमा रहेका आप्रवासी नेपाली दाजुभाई दिदिबहिनी र विद्यार्थीहरुको समस्याको लागी मात्र नभई नेपालमा पिछाडीएको समाजमा शैक्षीक गुणस्तर माथि उकास्नका लागि र नेपालमा बेलाबखतमा आईपर्ने प्राकृतिक प्रकोप जस्ता समस्यामा विभिन्न भौतीक तथा आर्थीक सहयोग गर्न संस्थाको स्थापना गरिएको नेपाल युथ हेल्पिङ ह्यान्डस ग्रुपका संयोजक बिक्रम घिसिङले फुकुओका नेपाल डट न्युजलाई जानकारी दिनुभयो ।
संयोजक घिसिङले हामीलाई दिएको जानकारी अनुसार फुकुओकाका अग्रजहरुसग छलफल गर्दै आगामी दिनहरुमा कार्यसमिति ढाचा सहित यूवाहरुलाई लक्षित कार्यक्रम गर्ने बताउनुभयो।सस्थामा आबद्ध एबं सुभ चिन्तकहरु सग छलफल तथा भेटघाट गर्ने उद्देस्यले गेट टुगेदर पार्टी गर्ने बताउनुभयो ।