Home » समाचार » एनआरएन-NRN » एन आर एन जापानको उपाध्यक्षमा छत्र दाहालको उम्मेदवारी घोषणा
एन आर एन जापानको उपाध्यक्षमा छत्र दाहालको उम्मेदवारी घोषणा
एन आर एन जापानको उपाध्यक्षमा छत्र दाहालको उम्मेदवारी घोषणा

एन आर एन जापानको उपाध्यक्षमा छत्र दाहालको उम्मेदवारी घोषणा

एन आर एन जापानको उपाध्यक्षमा छत्र दाहालको उम्मेदवारी घोषणा

अगष्ट ३ ,फुकुओका ,जापान

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि हुन गैरहेको नेतृत्व चयनमा क्युश्यु जापानका प्रतिनिधिहरुले पनि उम्मेद्वारी घोषणा गरेका छन्
टोक्यो पछि नेपालीहरुको सबैभन्दा बढी चाप भएको क्युश्यु क्षेत्र मानिन्छ। एनआरएनए जापानको सदस्य संख्या पनि टोक्यो पछि क्युशु नै पर्दछ ।यस पटकको एन आए एन ए चुनाबमा क्युशुको निर्णायक मत हुने सबैको अनुमान छ । यसै बीच उपाध्यक्षका अर्का प्रत्यासित उम्मेदवार राम कृष्ण श्रेष्ठले पनि दाबेदारी गरेका थिए तर आगामी हुने हरेक कार्यक्रममा आपसी समझदारी गर्दै जाने भद्र सहमति अनुरुप क्युश्युमा रहेका सम्पूर्ण सामाजिक सस्था लगाएत कार्यसमितिको सहमतिमा केन्द्रिय उपाध्यक्षमा छात्र दाहाल र प्रत्यक्ष सदस्यमा हस्त लामाले उम्मेद्वारी घोषणा गरेका छन्।

छत्र दाहालले एन आर एन ए लाइ सम्पूर्ण जापान बासि नेपालीहरुको साझा संस्थाको रुपमा स्थापना गर्न आज सम्म सकिएको छैन त्यस्तै गरि नेपालको विकासको लागि जापानिज कम्पनि लैजान सकिएको छैन त्यसैले आफु त्यो काम गर्न सक्ने क्षमता भएकोले उमेद्वारी दिएको फुकुओका डट न्युजलाई बताए। पुर्बी नेपालको मोरंग स्थायी ठेगाना भएका दाहाल १२ वर्ष देखि जापानमा छन्।हाल जापानमा नेपाली रेस्टुरेन्ट ,आइटी कम्पनि संचालन गर्दै आइरहेका रहेको छन् भने नेपालमा पानि शुद्दिकरण जापानिज प्रविधिको कम्पनि रहेको छ।यो अलावा नेपालको आर्थिक बिकासको लागि जापानीहरु कम्पनि हरु नेपालमा भित्र्याउने काम पनि गरिरहेका छन् ।
दाहाल भन्छन एन आर एन ए भएको खण्डमा जापानिज कम्पनीहरु नेपालमा भित्र्याउन सजिलो हुने र यो नै एन आर एन ए को आजको आबश्यकता हो।आज जापानमा बिदेशमा लगानी गर्न चाहने कम्पनी धेरै छन् अब हामीले यसलाई नेपाल सरकार सग समन्वय गरि नेपालमा लैजानु पर्ने छ। मेरो मुख्य उद्देस्य नै अहि हो।
अब जापान बासि नेपालीहरुले सक्षम लगनशील र नेपाल र नेपालको लागि कम गर्ने हाम्रो लाइ नभई राम्रो लाइ छान्नु पर्ने बेला आएको छ ।

एन आर एन जापानको उपाध्यक्षमा छत्र दाहालको उम्मेदवारी घोषणा बिज्ञप्ति 

नेपालीको पहिचान एन आर एन अभियान
आदरणीय जापान बासी गैर आवासीय नेपाली दाज्यूभाई तथा दिदीबहिनीहरु नमस्कार,
गैर-आवासिय नेपाली अभियानको माध्यमलबाट हामी नेपालीहरुले विश्व भरि नै हाम्रो एक विशेष परिचय सहित नेपाली कला र सस्कृति बाड्न सफल भएका छौ। एनआरएनए अभियान बिदेशमा बस्ने नेपालीहरुको समस्या सग लड्ने एक शसक्त संस्थाको रुपमा रहेको छ। यसमा हामी आज केहि हद सफल भएकोले हर्षित छौ तर यतिले मात्र पुगेको छैन ।गैर-आवासीय नेपाली संघ स्थापनाकालमा केहि देश बाट सुरुवात भई संगठन विस्तार हुदै आज लगभग ७४ राष्ट्रहरुमा राष्ट्रिय समन्वय परिषदहरु स्थापना भई सकेका छन्। यसले हामीलाई वास्तव मै एक अर्न्तराष्ट्रिय संस्था र प्रभावकारी अभियानको रुपमा स्थापित गरेको छ।
पत्रकार मित्रहरू, बिगतका दिनहरुमा क्युशु क्षेत्रिय कमिटिको विभिन्न तह र तप्कामा रहेर महत्त्वपूर्ण र वजनदार कामहरू गरिएको कुरा निवेदन गर्न चाहन्छु­ ।म सङ्ग परीचित मेरा इष्टमित्रहरुलाई मेरो समाजसेवा प्रतिको काम ,क्षमता र लगानी बारे सर्बबिदितै छ । यसै धरातलबाट एन आर एन को आगामी नेतृत्व चयन हुन लागिरहेको वर्तमान परीप्रेक्षमा मैले पनि एन आर एन जापानको नेतृत्व पंक्तिमा रही यो संस्था र नेपालको बिकासमा टेवा पुर्याउन इच्छा जाहेर गर्दै एन आर एन ए निर्वाचनमा उपाध्यक्ष पदको उम्मेदवारको रुपमा दाबेदारी राखेको कुरा यहाहरु माझ प्रस्तुत गर्न चाहन्छु। मैले मेरा अग्रज , सस्थागत साथीभाईहरु सङ्ग सल्लाह गरी उहाहरुकै सुझाव अनुरुप यो दाबेदारी गरेको प्रस्ट पार्न चाहन्छु ।मलाइ आज यहा सम्मा साथ सहयोग गर्नुहुने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै सबैको साथ र सहयोगको लागि निरन्तर पहल गर्न अनुरोध गर्दछु।
मलाई नेपाली दाजुभाई दिदीबहिनीहरुसग परीचित हुने तिब्र इच्छा भएकोले तपाईंहरुको घर आङ्गनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फोन, ईमेल तथा सामाजिक सन्जाल र संचार माध्यम मार्फत मेरो सन्देश पस्कने प्रण गर्दछु।मलाई लाग्छ, मेरो समाजसेवामा लामो अनुभव र लगानीको आधारमा म यो पदको लागि योग्य तथा सक्षम छु।गैर-आवासीय नेपाली संघमा मेरो गहन अध्यन, आज सम्मको अनुभवका र तिब्र इच्छाका साथै काम गर्न सक्ने क्षमता भएकोले मैले यस अभियानको चुनौतिहरुलाई एउटा अवसरको रुपमा लिगेको छु । आउदो कार्यकालको कार्य-समितिलाई संघको उदेश्यहरुको प्राप्ति र नेपाली समुदायको समस्या समाधानको साथै नेपालको बिकासमा टेवा पुर्याउन जापानबासी नेपालीको एक सामाजिक नेत्रित्वकको हिसाबले एक आपसमा सरसल्लाह गरि मैले (२०१७ -२०१९ ) का लागि एन आर एन ए जापानको केन्द्रिय उपाध्यक्ष पदमा मेरो उम्मेदवारी घोषणा गर्दछु। एन.आर.एन.ए अभियानको गरिमालाई अझ शसक्त र ब्यापक बनाउदै परिणाममुखि एवं प्रभावकारी काम गर्ने मेरो प्रतिवद्धतालाई सधै साथ, सहयोग र समर्थन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।अहिले सम्म घोषणा गरेका उम्मेदवारहरु मध्य मेरो उचित मुल्याङ्कन गर्दै, मलाई सेवा गर्ने मौका प्रदान गर्न हुन हार्दिक अपिल गर्दछु।

मेरा प्रतिवद्दताहरु

१. नेपाल सरकार ,उद्योग बाणिज्य महा संघ लगाएत ब्यबसायीहरुसग सहकार्य गरेर जापानिज कम्पनीहरु एन आर एन ए मार्फत नेपाल भित्र्याउन सकिने प्रसस्त आधारहरु भएको हुदा प्रमुख रुपमा म यसलाई व्यापक गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु ।

२.. राजनैतीक, धार्मिक, जातीयता र क्षेत्रीयता , लगाएत सम्पूर्ण मतभेद भन्दा माथि उठेर मन बचन् र कर्मले सम्पूर्ण गैर आवासीय नेपालीहरुको प्रतिनिधित्व गर्ने छु ।
३. युवा, विद्यार्थी, महिला तथा अन्य वर्गहरुको समस्याहरु संग जुध्न , नेपाली समुदायको सबलीकरण गर्न, र नेपाल र नेपाल र नेपालीको सर्वाङ्गिण उन्नतीका लागि लागि तल्लिन भएर लाग्ने छु ।
४ . क्युश्यु क्षेत्रको महा वाणिज्य दूतको सक्रिय सहभागिताको लागि सम्बन्धित निकाय सग पहल गर्ने छु ।
५ . जापानमा रहेका नेपालीहरुलाई सामुहिक लगानी गर्न प्रोत्साहन गर्ने र व्यबस्था मिलाउने छु ।
६. जापानमा रहेका आम नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले हासिल गरेका ज्ञान ,शिप क्षमता र पुजीलाइ नेपालको आर्थिक बिकासमा टेवा पुर्याउन पहल गर्ने छु ।
७ .जापानमा रहेका विभिन्न नेपाली संघ सस्ठाहरुसग सहकार्य गरि एन आर एन ए लाइ साझा सस्थाको रुपमा विकास गर्ने छु ।
८ . नेपालको पर्यटन बोर्ड र लगानी बोर्ड हरु सग सहकार्य गर्दै जापानिज पर्यटन भित्र्याउने कार्यक्रमहरु बनाउने छु ।

पत्रकार मित्रहरू, बिगत १० बर्ष देखि निरन्तर रुपमा जापानको सामाजिक कार्यहरुमा अग्रामी भूमिका निर्वाह गर्दै आइरहेको छु। फुकुओका नेपाल सोसाइटिको २ कार्यकाल अध्यक्ष, एन आर एन ए क्युश्युको सुरुवात देखि सक्रिय भूमिका निभाउदै एन आर एन ए क्युश्युको सस्थापक सचिब देखि सल्लाहकार सम्मको मेरो कार्यकालमा महत्त्वपूर्ण र वजनदार कामहरू गरिएको निवेदन गर्न चाहन्छु­।
१, एन आर एन ए क्युश्युको स्थापना देखि सक्रिय रुपमा सहभागी भई एन.आर.एन. अभियानलाई सबल र सुदृढ बनाउन समाहित भएको छु ।
२, एन.आर.एन.ए अभियान र जापानबासी नेपाली समुदायको समन्वयकर्ताको रूपमा अग्रसर रहँदै आएको छु ।
३, भूकम्पपीडितको उद्धार कार्यमा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा संलग्न रही सहयोग गर्दै आएको छु ।
४, नेपाली समुदायले गरेको हरेक कार्यक्रमहरुमा सरिक रहँदै आएको छु ।
५, नेपाली भाषा-साहित्य, कला-संस्कृति, कुटनीति र खेलकुदको विकास एवं विस्तारका निम्ति विभिन्न तह र तप्काबाट सहयोग गर्दै आइरहेको छु । यी कार्यक्रमहरूमा सरिक भई अग्रणी भूमिका निर्वाह गर्न पाएकोमा गर्वान्धित छु र यस्ता कार्यहरु आउदा दिनहरुमा अझ सक्रिय रुपमा लाग्ने प्रण पनि गर्दछु।

छत्र दाहाल
केन्द्रिय उपाध्यक्ष उम्मेदवार

 

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

विवाह जीवनका लागि एउटा काँडा हो:अन्जु पन्त

काठमाडौँ,२ मंसिर । ६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा ...