एन आर एन जापानको अध्यक्षमा टंक गैरे विकल्प रहित उम्मेदवारी घोषणा
अगस्त ३ , फुकुओका जापान,
गैर आवासीय नेपाली संघ जापानको नया कार्यसमितिका लागि अध्यक्ष पदमा टंक गैरेले उम्मेद्वारी घोषणा गरेका छन् ।आगामी महिनामा हुने नया कार्यसमिति चयनमा आफु विकल्प रहित सबैको साझा उम्मेदवारी भएको भन्दै आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
गैरे बिगत लामो समय देखि जापानमा ब्यबसाय गर्दै आइरेका छन् । एन आर एन ए को सुरुवात देखि यस अभियानमा सक्रिय रुपमा अग्रसर हुनुका साथै नेपाल तथा जापानको अन्य विभिन्न संघ सस्था लगाएत विश्वको सबै भन्दा ठुलो सामाजिक सस्था लायन्स क्लबमा समेत आबद्ध भई नेपाल र नेपालीको लागि विभिन्न तह र तप्कामा सहयोग गर्दै आइरहेका छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएन) जापानको नेतृत्वका प्रवल दावेदार गैरेले आफ्नो उम्मेदवारी चुनाव जितेर पद ओगट्नका लागि मात्र नभएको बताएका छन् ।‘मेरो उम्मेदवारी चुनाव जितेर एनआरएनको अध्यक्ष हुनेभन्दा पनि जापानमा रहेका नेपाली समुदायको वृहत्त हित र नेपालको विकासमा टेवा पुर्याउनका लागि हो,’गैरेले फुकुओका नेपाल डट न्युजलाई बताएका छन् ।
जापानमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरु सँग समन्वय गर्दै सेवा र सहयोगको भावनाको विकास गर्दै हरेक विचारको सम्मान गर्दै एन आर एन ए को उद्देश्य प्राप्तिको लागि मैले यो उम्मेदवारी दिने निर्णय गरेको छु, उनले भने ।गैरेले एनआरएनलाई सबैको साझा सामाजीक संस्था बनाउने उद्घोष समेत गरे ।
त्यस सगै सम्पूर्ण जापान बासि नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई यस पटक आफ्नो पक्षमा मतदान गरि अत्यधिक बहुमतका साथ अध्यक्ष पदमा जिताउनको लागि हार्दिक अपिल गरेका छन् ।