Home » कार्यक्रम » किरात याक्थुङ्ग ,चुम्लुङ्गको पहिलो अधिबेशन सम्पन्न

किरात याक्थुङ्ग ,चुम्लुङ्गको पहिलो अधिबेशन सम्पन्न

किरात याक्थुङ्ग ,चुम्लुङ्गको पहिलो अधिबेशन सम्पन्न

फुकुओका ,जापान
जुलाई ३१,२०१७

Image may contain: 14 people, people smiling, people standing
किरात  किरात याक्थुङ्ग ,चुम्लुङ्ग फुकुओका जापानको पहिलोअधिबेशन जुलाई ३० तारिक भब्य रुपमा सम्पन्न भएको छ।फुकुओका सिटीको हाकाताको मिनोसिमा अवस्थित श्री गणेश रेस्टुरेन्टमा बिहान १० बजे बाट साँझ ५ बजे सम्म उक्त अधिबेसन भएको थियो ।प्रथम अधिबेशन लिम्बुवान जातिय स्वायतता हाम्रो प्रतिबद्धता भन्ने नाराको साथ सम्पन्न भएको जानकारी नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष सचिन नेम्वांगले फुकुओका डट न्युजलाई बताए।पुर्ब अध्यक्ष सुक्रराज चेम्जोङ्गको अध्यक्षतामा सम्पन्न भेलाले पुन उहाकै नेतृत्वमा १६ सदस्यीय नया कार्यसमिति गठन भएको छ। अधिबेशनमा २ बर्षे कार्यकालको समिक्षा र भाबी योजना लगाएत अन्य बिबिध बिषयमा छलफलहुनु का साथै नया नेतृत चयन भएको छ।
नया कार्यसमिति निम्न अनुसार रहेको छ
अध्यक्ष :              शुक्र राज चेम्जोङ्ग
बरिष्ठ उपाध्यक्ष : सचिन नेम्वांग
उपाध्यक्ष :          दिप आग्देबे
सचिब :             दिनेश लावती
सह सचिब :     अन्जु लावती
कोषाध्यक्ष :      लिलाहाङ शेर्मा
सदस्यहरु
महेन्द्र नेम्बाङ
कबिन्द्र शम्बाहाम्फे
युवराज लावती
सुमन लिम्बु
गिता लावती
मिलन लिम्बु
डिल्ली लिम्बु
पर्विन हाङ लिङदेन
सेमि लिम्बु
नुसाम लिम्बु
यसले आगामी दिनहरुमा आफ्नो जातिय पहिचान ,सस्कार र सस्कृतिलाइ विदेशको भूमिमा पनि जिवन्त राख्नको लागि जापानको फुकुओकामा आफ्नो भूमिका निर्वाह गर्दै जाने नवनिर्वाचित अध्यक्षले बताउनु भएको छ।उक्त अधिबेशनले बिशेष गरी जापानको फुकुओकामा रहेका आम लिम्बु दाजुभाई तथा दिदीबहिनीहरुसग सहकार्य गर्दै भईपरि आउने विभिन्न समस्याहरुमा समाधानको लागि नेतृत्वदायी भूमिका निभाउदै जाने निर्णय पनि भएको छ ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

सुवर्ण अवसर

फुकुओकामा विद्यार्थीहरुको लागि सुवर्ण अवसर

फुकुओकामा ७०जना विद्यार्थीहरुको लागि सुवर्ण अवसर फुकुओका ,जापान सेप्टेम्बर २६ जापानमा नेपालीहरुको बढ्दो चाप सगै ...