फुकुओका

फुकुओका नेपाल सोसाइटीको तिज धमाका २०१७ को सम्पूर्ण तयारी पुरा भएको छ,

३१ जुलाई फुकुओका जापान,

फुकुओकामा क्रियाशिल संस्था फुकुओका नेपाल सोसाईटीले सदाको बर्ष जस्तै यसपाली पनि तीज धमाका २०१७ आयोजना गर्ने भएको छ ।
हरेक बर्ष नेपालबाट ख्याती प्राप्त गायक गायिकालाई बोलाएर सफल तीज कार्यक्रम गर्दै आएको यस संस्थाले यसपाली भने अति चर्चित लोक दोहोरी गायिका पूर्ण कला बि सी , हरेक विधाका अब्बल गायक तथा संगीतकार रमेश राज भट्टराई , नव गायीका कल्पना दाहाल त्यसैगरि माधब सिग्देल र दिलेन्द्र जोशी को जोडदार प्रस्तुतिको साथमा यसपालिको तिज कार्यक्रम बिगतका वर्षहरुमा भन्दा फरक रहने कुरा फुकुओका नेपाल सोसाईटीका अध्यक्ष पुरुषोत्तम सिग्देलले फुकुओका नेपाल डट न्युजलाई जानकारी दिनुभयो ।कलाकारहरुको जापान आउने प्रक्रिया सबै पुरा भईसकेको र आवश्यक अन्य तयारी पनि लगभग पुरा भएको कुरा पनि आयोजकले जानकारी दिएको छ ।
यसपालिको कार्यक्रममा बाजेको सेकुवा हाउस प्रमुख स्पोन्सर रहेको छ भने अन्य स्पोन्सरहरुमा क्योदाई रेमिटेन्स(आइ.एम.इ) ,बुद्ध रेस्टुरेन्ट,रमेश रेस्टुरेन्ट,मनकामना रेस्टुरेन्ट र स्लिक जापान रहेका छन्
सम्पूर्ण क्युशु बासि नेपालि दाजुभाई दिदीबहिनीहरुलाई तिज धमाका २०१७ मा उपस्थित भई नेपालबाट आमन्त्रित र जापानमै रहनुभएका कलाकारहरुसंग संगै नाच्न र गाउन साथै हाम्रो चाडपर्ब विदेशमा रहेरपनि मिलिजुली मनाउन पनि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

2017-07-31 FUKUOKANEPAL.NEWS

,
Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *