फुकुओकामा भलिबल खेल प्रतियोगिता सम्पन्न
फुकुओका ,जापान
३०जुलाई २०१७

सुदुर पश्चिमान्चल समाज क्युश्यु जापानको आयोजनामा फुकुओकाका शहरको खासुया डोमको खेल मैदानमा एन आर एन ए जापानका महासचिब तथा नेपाल पर्यटन बोर्ड जापानका लागि पर्यटन दुत अनुज थापाको प्रमुख आतिथ्यमा शनिबार भलिवल खेल प्रतियोगिता सम्पन्न भएको छ ।उक्त प्रतियोगितामा एन आर एन ए क्युशु संयोजक लक्ष्मन बानिया ,फुकुओका नेपाल सोसाइटिका पुर्व अध्यक्ष तथा समाजसेवी छत्र दाहाल ,हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक धर्म राज अधिकारी , नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबका अध्यक्ष अर्जुन थापा , एन आर ए क्युश्युका बरिष्ट उपाध्यक्ष देव राज उप्रेती ,प्रबाशी कलाकार मंचका अध्यक्ष हिमाल जिसी ओनो क्युश्यु संयोजक सन्तोष थापा लगाएत विभिन्न सामाजिक सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष दिलेन्द्र जोशीलेले र कार्यक्रम संचालन सचिब पंकज बझ्गाईले गरेका थिए ।
फुकुओकामा नेपालीहरुको पहिलो भलिबल खेल प्रतियोगिता सुदुर पश्चिमान्चल समाज क्युश्यु जापानले गरेको हो।क्युश्युमा पहिलो पटक आयोजना गरे पनि १० टिमले खेलमा सहभागिता लिगेका थिए।कडा प्रतिष्पर्धा बीच प्रथम सम्पन्न खेलमा तमुधि क्युश्यु प्रथम भएको थियो भने नेपाल जापान फ्रेंशिप लायन्स क्लब दितिय र तृतीय मोना म्याग्दी क्लब भएको छ ।तमुधि क्युशुले प्रथम पुरस्कार १ लाख ६० हजार येन नगद र शिल्ड ,नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबले ८० हजार येन नगद र शिल्ड ,मोना म्याग्दी क्लबले ४० हजार येन पाएका छन् ।
यस्ता खालका खेलकुद प्रतियोगिताले एकापसमा सद्भाव बढ्नुका साथै नेपालीरु बीच एकता बढ्दै जाने बिस्वास लिगेको आयोजकले बताएको छ।खेलको अन्त्यमा बिजेता खेलाडीहरुलाई नगद र शिल्ड वितरण गर्दै प्रमुख अतिथि अनुज थापाले बधाई सुभकामना दिएका थिए।
