कास्की पोखरा समाज क्युश्यु गठन संयोजकमा सन्तोष थापा
फुकुओका ,जापान
३०जुलाई २०१७
कास्की पोखरा समाज जापानको क्षेत्रीय कमिटी क्युश्यु गठन भएको छ |२०१७ /७/२९को दिन चिओउ सिमीन सेन्टरमा भएको भेलाले सन्तोष थापाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन भएको छ |अध्यक्षमा सन्तोष थापा ,उपाध्यक्षमा योगेस कार्की ,उपाध्यक्षमा नबिन अधिकारी , उपाध्यक्षमा सुदिप श्रेष्ठ ,सचिबमा कृष्ण हरि सुबेदी ,सह सचिबमा निराजन भण्डारी ,कोषाध्यक्षमा गुप्तराज न्यौपाने ,सह कोषाध्यक्षमा पदम कुमारी सुबेदी र प्रबक्तामा प्रकास सुबेदी रहेका छन् ।त्यस्तै गरी सदस्यहरुमा शंकर गुरुङ ,सन्तोष गुरुङ ,सुशिला देवकोटा ,सुजाता थापा ,प्रभा रेग्मी ,योगेन्द्र बहादुर ठकुरी ,कामना शाही ,श्रुति शाह ,बिनोद शाह ,प्रेम प्रसाद भट्टराइ ज्ञान बहादुर गुरुङ ,सुष्मा गुरुङ रहेका छन् |
फुकुओकामा क्रियाशील विभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगाएत अग्रज बुद्धिजिबीहरुको उपस्थितिमा भेला सम्पन्न भएको थियो |कास्की जिल्ला नेपालबाट विभिन्न उद्देश्यले जापानको क्युश्यु क्षेत्रमा आइ बसोबास गर्ने सम्पर्ण दाजुभाई तथा दिदीबहिनीहरु एकबद्ध भई एक आपसमा भाइचारा वृद्धि भई बिबिध खालको समस्याहरुको समाधान गर्ने उद्धेश्यले कास्की पोखरा समाज गठन गरेको जानकारी नब निर्वाचित अध्यक्ष सन्तोष थापाले फुकुओका नेपाल डट न्युजलाई बताए।छिट्टै नै नया कार्यसमितिको बैठक गरी कार्ययोजना प्रस्तुत गर्ने निर्णय पनि भेलाले गरेको छ |