Home » कार्यक्रम » जापानका बाढी पिडितलाइ नेपालीहरु द्वारा राहत हस्तान्तरण
बाढी पिडितलाइ नेपालीहरु द्वारा राहत हस्तान्तरण
बाढी पिडितलाइ नेपालीहरु द्वारा राहत हस्तान्तरण

जापानका बाढी पिडितलाइ नेपालीहरु द्वारा राहत हस्तान्तरण

जापानका बाढी पिडितलाइ नेपालीहरु द्वारा राहत हस्तान्तरण

फुकुओका ,जापान
२६ जुलाई २०१७


बाढीमा परि आफ्नो घर गुमाएका आसाकुराबसीहरुलाइ सहयोग स्वरुप जापानकाको क्युश्यु क्षेत्रमा नेपालीहरुको क्रियाशील सामाजिक संस्था फुकुओका नेपाल सोसाइटी र एन आर एन ए क्युश्युले संयुक्त रुपमा आर्थिक गरि फुकुओका प्रिफेक्चर आसाकुरा सिटीको मेयर सुन्सुके मोरितालाई एक कार्यक्रम बीच सहयोग रकम १ लाख २८ हजार ५०० यन हस्तान्तरण गरेको छ।
राहत हस्तान्तरण कार्यक्रम आसाकुरा सिटि कार्यालयमा फुकुओका नेपाल सोसाइटीका अध्यक्ष पुर्षोत्तम सिग्देल ,एन आर एन ए क्युश्यु संयोजक लक्ष्मण बानिया लगाएतको एक टोलीले मेयरलाइ भेटी रकम हस्तान्तरण गरेको हो।रकम हस्तान्तरण पश्चात मेयर मोरिताले भन्नु भयो केहि मानिसहरु आफ्नो आफन्तहरुको शरणमा गएका छन् भने केहि लाइ नया ठाउमा सारिएको र ५ /६ सय जनाहरुलाई ४ ओटा अस्थाई बसोबासको व्यवस्था गरेको छ र उनीहरुलाई नया बसोबासको ब्यबस्था गर्ने सोच सहित काम गरिरहेका छौ ।प्रत्येक दिन धेरै संख्यामा भोलुन्टरहरु खटिएर काम गरिरहेकोले छिट्टै नै उद्वार कार्य सकिने लक्ष्य लिएका छौ।विभिन्न ठाउबाट राहत सहयोग आइरहेकोले उद्वार कार्यमा सहज भएको छ। नेपाल र जापानको अन्योन्याश्रित सम्बन्ध रहेको र सहयोग लागि धन्यवाद दिदै यो सहयोग वास्तविक पिडितहरुमा पुर्याउने प्रतिबद्धता ब्यक्त गरे ।
गत बर्ष कुमामोतो क्षेत्रमा भुकम्प जादा नेपालीहरुले गरेको सहयोग उल्लेख गर्दै नेपाली खाना वितरण र भोलुन्टर सहयोग गर्ने चाहना ब्यक्त गर्दा खानाको सम्बन्धमा विभिन्न ठाउबाट खाना आइरहेकोले छिट्टै भनेको खण्डमा ब्यबस्ठा मिलाउने जानकारी दिनु भयो।एन आर एन क्युश्यु संयोजक र फुकुओका नेपाल सोसाइटी अध्यक्षले भोलुन्टर सेवा गर्ने इच्छा जनाएकोले भोलुन्टर सेन्टर भन्ने छुट्टै बिभाग भएकोले उक्त विभागमा जानकारी गराउने मेयर मोरिताले बताए।मानब बस्तीमा बढीले काठपात हरु ल्याएको हुदा सरसफाई गर्न मेनपावरको आवश्यकता भएकोले छिटै नै भोलुन्टर गर्न जाने व्यवस्था भएकोले इच्छुक सम्पूर्ण क्युश्यु बसी नेपालीहरुलाई एन आर एन तथा फुकुओका नेपाल सोसाइटीमा सम्पर्क गर्न अनुरोध पनि गरेको छ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

दशैं कार्यक्रम

यसपाली फुकुओकाको दशैं ओगोरीमा

ओगोरीमा २४ तारीक दशैं कार्यक्रम हुँदै २० सेप्टेम्बर फुकुओका जापान, नेपालीहरुको महान पर्ब विजया दशमी ...