साझा सद्भाव समूह फुकुओकाको संगठन बिस्तार हुने
फुकुओका ,जापान
२१ जुलाई २०१७
साझा सद्भाव समूह फुकुओका ,जापानको संगठन बिस्तार जुलाई २८ तारिक बजेको सेकुवा हाउस हाकातामा हुने भएको छ ।साझ ६ बजेबाट ८ बजे सम्म हुने उक्त कार्यक्रममा साझा पार्टी प्रति आस्थावान व्यक्तिहरुलाई समेटी नया कार्य योजना सहित संगठन बिस्तार गरिने संयोजक गोबिन्द रेग्मीले फुकुओका डट न्युजलाई बताए।
लामो समय पत्रकारिता क्षेत्रामा काम गरि सामाजिक क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्तित्व रबिन्द्र मिश्र राजनीतिमा लाग्ने कुराले स्वतन्त्र व्यक्तिहरू तथा अहिलेको नेतृत्वबाट दिक्क भएकाहरुले चासो देखाई सक्रिय भएर हिडेको पाइन्छ।बिदेसिन बाध्य युवाहरुले पनि यस पार्टीलाई सयोग स्वरुप साझा सद्भाव समुह गठन गर्न थालिसकेका छन्।फुकुओकामा भने साझा पार्टी नेपाल केन्द्रको निर्देशन बमोजिम पार्टी गठन लगत्तै सक्रिय युवाहरुले गोबिन्द रेग्मीको नेतृत्वमा साझा सद्भाव समूह गठन गरेका थिए।गत महिना रबिन्द्र मिश्र फुओकामा आए देखि साझा पार्टी नेपालको समर्थन बढेकोले संगठन बिस्तार गर्न लगिएको हो ।
साझा पार्टी प्रति आस्तावान सम्पूर्ण फुकुओका बसी नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई उपस्थित भई साथ् र सहयोग गरिदिनु हुन आग्रह गरिएको छ ।