राप्ती समाज क्युश्यु जापान गठन ,अध्यक्ष मा केपी ओली
फुकुओका ,जापान
१८ जुलाई २०१७
राप्ति अंचलबाट जापानको क्यूशू क्षेत्रमा आइ अध्यन्न तथा विभिन्न पेशा र रोज़गारमा संलग्न राप्तीवासीहरूको साझा संस्था राप्ती समाज जापानको क्युश्यु क्षेत्र गत आइतबार गठन भएको छ।सन् २०१३ मा गठित सस्थाले जापानमा रहेका राप्ती बाशीहरु बीच पारस्पारिक सम्बन्ध,सम्पर्क ,सहयोग एवं भाइचारा अभिवृद्धि गर्दै जन्म भूमिको लागि सक्दो योगदान पुर्याउनुको साथै जापानमा रहनु भएका सम्पूर्ण नेपालीहरु,संघ सस्था संग सहकार्य गर्दै सम्पूर्ण नेपालीहरुको हकहित संरक्षण र प्रबर्धन र बिकाश गर्नुका साथै एक आपसमा एकता र समझदारीको विकास गर्ने यस सस्थाको उद्देश्य लिएको छ।टोक्योमा गठित राप्ती समाज जापानले आफ्नो संगठन बिस्तार गर्दै क्युश्यु क्षेत्रीय कमिटि गठन गरेको छ।बिशेष कार्यक्रम बीच गरिएको भेलाले केपी ओलीको नेतृत्वमा १४ सदस्यीय कमिटि गठन गरेको छ ।
कार्यसमितिमा अध्यक्ष्य द्वय केपि(केवल प्रसाद ) ओली ,बरिष्ठ उपाध्यक्ष भिम बुढाथोकी ,उपाध्यक्ष रमेश भण्डारी ,महसचिब श्रीधर न्यौपाने ,सचिब ओम गुरुङ ,कोषाध्यक्ष खिमा डाकी ,प्रबक्ता प्रितम रोका ,सदस्यहरु सन्तोष पाण्डे ,गोपाल खड्का ,सुवास पोख्रेल ,निशान परियार ,कमल नेपाली ,नारायण केसी ,शरद पाण्डे रहेका छन् ।
सस्थाको उद्देश्यलाइ ध्यान दिदै काम गर्दै जाने नव गठित समाजका अध्यक्ष्य केपी ओलीले बताएका छन् ।श्री गणेश रेस्टुरेन्ट मा सम्पन कार्यक्रममा एन आर एन ए क्युश्युका बरिष्ठ उपसंयोजक देब राज उप्रेती प्रमुख अथिति ,एन आर एन ए क्युश्युका उपसंयोजक तथा जना प्रगतिशील क्युश्यु का संयोजक नवराज गौतम बिशेष अतिथि,एन आर एन ए क्युश्यु सह -सचिब तथा चितवन समाज क्युशु बरिष्ठ उपाध्यक्ष सुरज बनअतिथि लगायत क्युश्यु बासी नेपालीहरुको बाक्लो उपस्थिति बीच उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
