खुकुरी एफ सि को दोश्रो समर कप सम्पन्न कुरुमेलाइ विजेता र क्योदाईसिजुका लाइ उपविजेता उपाधि
फुकुओका ,जापान
जुलाई १८ ,२०१७
जापानको फुकुओका शहरमा गत हप्ता मात्र जापानमा नेपालीहरुद्वारा आयोजित फुटसल प्रतियोगिता मध्ये सबै ठुलो धन राशिको प्रतियोगिता सम्पन्न भएको थियो ।त्यसको लगतै गत सनिबार खुकुरी एफ सी ले पनि दोश्रो समर कप फुटसल प्रतियोगिता फुकुओका सिटि माचूसिमा माचीको फुटबल ग्राउन्डमा सम्पन्न गरेको छ। फुकुओका प्रिफेक्चर अन्तर्गत १६ टिमले सहभागिता जनाएका थिए ।यस पटकको फुटसल प्रतियोगिता कुरुमे एफ सी हात पर्न सफल भएको छ । बिजेता टिम कुरुमे एफ सी ले नगद ३ लाख येन र ट्रफी पाएको छ भने उपविजेता क्योदाई सिजुका ले १ लाख ५० हजार येन र ट्रफी पाएको छ ।

उक्त खेलमा प्रमुख अतिथि निजीका आइटी सोलुसनका संचालिका नितु दाहाल थिए भने कार्यक्रम संचालन दिलेन्द्र जोशी ले गरेका थिए ।
अत्यधिक गर्मीका कारण दिउसो पख दर्शकहरुको उपस्थिति अलि कम थियो तर खेलाडीहरु भने मिहिनेतका साथ खेल मैदानमा प्रस्तुत भएका थिय।सेमी फिनल र फिनल खेलमा भने दर्शकहरुको बाक्लो उपस्थिति र समर्थकहरुले दिएको हुटिंगले खेल रोचक र रमाइलो बनेको थियो ।फुकुओकाको बलियो टिम हरुलाई पछि पर्दै क्योदाई सिजुका र कुरुमे एफ सी फिनलमा जान सफल भएको थियो। दुवै कडा टिम भएकोले खेल १ /१ गोलमा सकिएकोले पेनाल्टी सुटमा गयो।क्योदाई सिजुका को पेनाल्टी सुट मिस भएकोले यसपटको बिजेता कुरुमे एफ सी बन्न सफल भएको छ ।कुरुमे एफ सी को ५ गोल र क्योदाई सिजुकाको ४ गोल भएको थियो ।
खेलको अन्यमा आयोजकको तर्फ़ बाट स्पोंस्सरहरु,सम्पूर्ण सहभागी टिमहरु र विभिन्न तह र तप्काबाट सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै बिजेता र उप बिजेता टिमलाई बधाई दिई खेल सम्पन्न भएको थियो ।