फुकुओकाका सफल नेपालीहरुको भनाईहरु
फुकुओका ,जापान
जुलाई १२ ,२०१७
हाम्रो नेपाल हामी नेपाली अभियानको लगानीमा फुकुओका नेपाल डट न्युजले जापानको फुकुओका शहरका अग्रजहरुको मिहिनेत र सफलता भिडियो मार्फत सार्वजनिक गरेको छ ।
उच्च शिक्षा तथा सुनौलो भबिष्यको उद्देश्य लिई नेपालको विभिन्न ठाउँबाट जापानको फुकुओका शहरमा आई मिहिनेत र परिश्रमले सफल हुनु भएका ब्यबसायी तथा कर्मचारीहरुको आफ्नो भनाईहरु समाबेश गरिएको छ ।हाम्रो नेपाल हामी नेपाली अभियानले बृहत अन्तरक्रिया कार्यक्रमको एक भागको रुपमा यस भिडियोलाई लिगेको थियो तर समयका बाबजुत उक्त कार्यक्रममा प्रस्तुत गर्न नसकेकोले मिडिया मार्फत सबैमा पुर्याउने भएको छ।युट्युबमा मा सजिलै हेर्न सकिने भएकोले एक पटक फुकुओका बासी सबै नेपालीहरु बिशेषगरी बिद्यार्थीहरुलाई हेर्न आग्रह गरिएको छ। यस भिडियो हेरेमा मिहिनेत गरे अवश्य सफल हुने र हामी नेपालीहरुको जापानमा भबिष्य छ भन्ने कुरा पनि प्रस्तुत गरिएको छ ।
भिडियो