एनआरएनए क्यूशू जापानको कार्ड वितरण कार्यक्रम सम्पन्न
फुकुओका ,जापान जुलाई १० ,२०१७
एन आर एन ए क्यूशू जापानले सदस्यता कार्ड वितरण सम्पन्न गरेको छ ।हिजो आइतबार बिहान १०बजे बाट साझ ६ बजे सम्म मिनामी सिमिन सेन्टर ओओहासीमा कार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
जापान बासी इच्छुक नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई एन आर एन ए को सदस्य बनाउने अभियान स्वरुप २०१७ जुन ४ तारिक सम्मको समय दिई अनलाइन मार्फत सदस्य बन्न आव्हान गरेको थियो।उक्त समय सिमामा सदस्य बन्ने सबैलाइ कार्ड वितरण गर्ने पुर्ब जानकारी सहित कार्यक्रम आयोजना गरेको थियो।
कार्य व्यस्थताले गर्दा कार्ड लिन आउन नपाएका सदस्यहरु पनि भएको हुनाले एन आर एन ए क्युश्युको कार्यसमितिलाई सम्पर्क गर्न संयोजक लक्ष्मन बानियाले फुकुओका नेपाल डट न्युजलाई बताउनु भयो ।