Home » खेलकुद » खुकुरी एफ सी उपाधि राइजिङ्ग नेपाललाई 

खुकुरी एफ सी उपाधि राइजिङ्ग नेपाललाई 

खुकुरी एफ सी उपाधि राइजिङ्ग नेपाललाई

फुकुओका, जापान
जुलाई ९ , २०१७
जापानमा विभिन्न नेपाली स्पोर्ट्स क्लबहरुले फुटसल प्रतियोगिता गर्दै आइरहेका छन्। गत सनिबार खुकुरी एफ सी ले ठुलो धन राशीको फुटसल प्रतियोगिता भब्य रुपमा सफलताका साथ फुकुओका सिटि माचूसिमा माचीको फुटबल ग्राउन्डमा सम्पन्न गरेको छ। जापानभरी भएका नेपाली फुटबल टिमहरु मध्ये टोक्यो, नागोया सहित १६ टिमले सहभागिता जनाएका थिए । निकै नै चासोका साथ हेरिएको उक्त फुटसल प्रतियोगिता राइजिङ्ग नेपाल टोक्योले बिजेता उपाधी सहित नगद ५ लाख येन र ट्रफी पाएको छ भने फुकुओका ब्रदर्स एफ सी ले उपविजेता उपाधि सहित २ लाख येन र ट्रफी पाएको छ । त्यस्तै प्रतियोगितामा बेस्ट प्लेयर राइजिङ्ग नेपाल एफ सी टोक्योका सुधिर गुरुङ र बेस्ट किपर सोहि टिमका खुस कार्की घोषित भएका थिए । खुस कार्कीलाइ नेपाली फुटबल टिम जापान कै एक उत्कृष्ठ कीपरको रुपमा चिनिन्छ। उहाले यस पटक खुकुरी एफ सी फुकुओकाद्वारा आयोजित खेलमा छैठौ पटकको बेस्ट कीपर उपाधि फुकुओकाबाट हासिल गरेका छन ।

 

जापानको फुकुओका शहरमा नेपाली फुटबल टिमहरुको वृद्धि सगै फुटसल प्रतियोगिता पनि तिब्र प्रतिस्प्रर्धा बीच धेरै टिमहरु सहभागिता भएर हुने गरेको छ । फुकुओका शहरमा नेपाली फुटसल प्रतियोगिताको सुरुवात नारायण सुबेदीले नेतृत्व गरेको यसै टिम बाट भएको थियो । साथै जापानको ठुलो धन राशीको फुटसल प्रतियोगिता गर्ने अवसर पनि यसै टिमले प्राप्त गरेको छ । यस टिमले सबैभन्दा ठुलो धनराशीको फुटसल प्रतियोगिता र धेरै सहभागी गराई सफल रुपमा प्रतियोगिता सम्पन्न गर्न सफल भएकोले जापानमा नेपाली फुटबल टिमहरु मध्ये सफल टिमको रुपमा हेरिन्छ ।

खुकुरी एफ सी द्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न ,राइजिङ्ग नेपाललाई उपाधी

खुकुरी एफ सी द्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न ,राइजिङ्ग नेपाललाई उपाधी

खुकुरी एफ सी द्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न, राइजिङ्ग नेपाललाई उपाधी

यस टिमले आयोजना गरेको प्रथम रनिङ्ग कप फुटसल प्रतियोगितामा १६ टिम सहभागी मध्ये सेमी फ़ाइनलमा नागोया एफ सी, के एस यु एफ सी, राइजिङ्ग नेपाल र फुकुओका ब्रदर्स पुगेका थिए । पहिलो खेलमा के एस यु एफ सीलाइ राइजिङ्ग नेपालले ३ गोल गर्दा एक गोल पनि गर्न नसकी खेल बाट बाहिरिएको थियो । दोस्रो खेलमा फुकुओका ब्रदर्सले २ गोल को बिरुद्ध नागोया एफ सीलाइ ५ गोल गरी खले बाट आउट गराएको थियो ।
फाइनल खेल एकदम काडा प्रतिस्प्रधा साथ फुकुओका ब्रदर्स र राइजिङ्ग नेपाल बीच भएको थियो। राईजिङ्ग नेपाल आक्रामक रुपमा प्रस्तुत भै खेलको सुरुवात मै गोल हान्न सफल भएको थियो । पहिलो हाफमा राईजिङ्ग नेपालले २ गोल गरेको थियो भने फुकुओका ब्रदर्सले खाता खोल्न सम्म सकेको थिएन । फुकुओकाको खेल मैदानमा टोक्योले २ गोल गर्दा फुकुओका ब्रदर्सका समर्थकहरु निरास भएका थिए । दोस्रो हाफ फुकुओका ब्रदर्स आक्रमक रुपमा प्रस्तुत भए सगै फुकुओका ब्रदर्सले १ गोल गरी खाता खोल्दा फुटबल मैदान हुटिंगले गुञ्जयमान भएको थियो। त्यसको लगतै पुन एक गोल राइजिङ्ग नेपालले गर्यो। त्यो सगै राइजिङ्ग नेपालको ३ गोल भयो । फुकुओका ब्रदर्स दर्शकको हौसला र आक्रामक प्रस्तुतिले गर्दा पुन एक गोल थपि २ गोल बनाउन सफल भएको थियो तर राइजिङ्ग नेपालको ३ गोल भएकोले बिजेता भयो । फुकुओका ब्रदर्सको २ गोल हुदा उपविजेतामा चित्त बुझाउनु पर्यो ।
फुकुओकामा बिद्दमान सामाजिक सस्थाका प्रतिनिधिहरु, खेलप्रेमीहरुको ठुलो उपस्थितिमा प्रिमिएर स्पोन्सर तथा प्रमुख अतिथि एन आर एन ए क्युश्युका संयोजक लक्ष्मन बानिया द्वारा सिल्ड वितरण गरी खेल समापन गरिएको थियो ।
फुटसलको माध्यमबाट फुटबल गेमलाई अझै उचाईमा पुर्याउन र आम खेलप्रेमी माझ लोकप्रिय बनाउनका लागि उक्त लिग आयोजना गरेको कुरा बताउदै स्पोंस्सरहरु सम्पूर्ण सहभागी टिमहरु र विभिन्न तह र तप्काबाट सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै आयोजक टिम खुकुरी एफ सी ले बिजेता टिमलाई बधाई दिनु भयो ।

 

 

खुकुरी एफ सी द्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न ,राइजिङ्ग नेपाललाई उपाधी

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

७१ वर्षीय बृद्धा भन्छिन ः मकै छोडाउने मेसिन दिनेलाई भोट

पोखरा २ मंसिर । पोखरा लेखनाथको वडा नं ३२ स्थित चैनपुरमा एक घरमा ७१ वर्षीय लक्ष्मी ...