नेप्लिज ब्रदर्सद्वारा समर नाईट २०१७ को आयोजना
फुकुओका ,जापान
जुलाई ९,२०१७
नेप्लिज ब्रदर्सको आयोजनामा जुलाई १५ तारिक ”‘द स्याडोज’ ब्याण्डको लाईभ कन्सर्ट फुकुओकामा आयोजना हुने भएको छ ।जापानका फुकुओका सहित टोक्यो नागोया, ओसाका लागाएतका सहरहरुमा समेत हुन लागेको यो लाईभ कार्यक्रम जुलाई १५ तारिख फुकुओकाबाट सुरु हुने बताईएको छ।फुकुओका आयोजक नेप्लिज ब्रदर्स कार्यक्रमको प्रचारप्रचार सगै कार्यक्रमको तयारी तीव्र गतिमा भईरहेको छ । द स्याडोज नेपालको विजोड प्रस्तुति संगै द मस्ट ट्यालेन्ट एण्ड फस्ट र्यापर गिरिस खतिवडाको समेत लाईभ प्रस्तुती हुने छ ।

यस कार्यक्रमलाई समर नाईट्स २०१७ नाम दिईएकोछ। यो इभेन्ट फुकुओकाकै उत्कृष्ट इभेन्ट हुने विश्वास आयोजकले लिएको छ । कार्यक्रम फुकुओका ताकामीया एकी अघी रहेको आमी खासु हलमा हुनेछ ।आयोजकले सम्पुर्ण फुकुओका बासीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।