खुकुरी एफ सी को फुटसल प्रतियोगिताको तयारी पुरा
फुकुओका, जापान
जुन १८, २०१७
खुकुरी एफ सी द्वारा आयोजित फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।यहि जुलाई १६ तारिक फ़ुकुओका सिटि को माचुसिमामा बिहान १० बजे बाट उक्त प्रतिगोगिता हुने छ ।प्रतिगोगितामा बिजेताले ३ लाख यन र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले एक लाख पचास हजार यन र ट्रफी प्राप्त गर्ने छन् ।
१६ टिम सहभागी हुने प्रतिगोगिताको प्रेस मीटिंग जुलाई १० तारिक श्री गणेश रेस्टुरेन्टमा हुने जानकारी दिलेन्द्र जोशीले फुकुओका नेपाल डट न्युजलाई बताए ।साथै आयोजकले सहभागी हुने सम्पूर्ण टिमलाइ उपस्थितिको अनुरोध पनि गरेको छ ।