फुकुओकामा सिटि एक्सप्रेसको कारोबार सुरुवात
जापान ,फुकुओका
जुलाई ३ ,२०१७
जापानवाट नेपाल लगायतका बिभिन्न मुलुकहरुमा समेत रेमिट्यान्स् कारोवार सगै विभिन्न क्षेत्रमा लगानी गरिरहेको सिटि एक्सप्रेसले ग्राहकको माग अनुसार जापानको फुकुओका शहरमा नयाँ शाखा स्थापना गरेको छ।

गत शनिवार आफ्नो ग्राहक लगायत सुभ चिन्तक, ब्यबशायी एबम प्रतिष्ठित समाजसेवीहरुको उपस्थितिमा फुकुओकाका सफल युवा व्यवसायी छत्र दाहाल , सिटि एक्सप्रेसका मालिक , नेपाल सरकार वैदेशिक लगानी उच्चस्तरीय समन्वय तथा अनुगमन समिति जापानका सदस्य तथा गैरआवासीय नेपाली संघको लगानी सम्बन्धी समितिको उपसंयोजक महेश श्रेष्ठद्वारा उक्त शाखाको समुदघाटन गरिएको छ ।
उक्त सखामा रेमिटेन्स मात्र नभए सिटि एक्प्रेसले सस्तो तथा सुलभमा हवाई टिकेटको पनि व्यवस्था गर्नेछ ।
टोक्योपछि नेपालीहरुको चाप बढे सगै रेस्टुरेन्ट तथा रेमिटेन्सहरु खुल्ने क्रम पनि बढी रहेको छ।रेमिटेन्सहरु बढिरहेको भएपनि नया योजना सुबिधा सहित फ़ुकुओकाको ब्यस्त ठाउ तेन्जिंगमा ग्राहाकलाइ अरुको भन्दा फरक ढंगबाट सजिलो र सर्बसुलभ तरिकाले सेवा दिने हेतुले फ़ुकुओका ब्रान्च खोलिएको कुरा महेश श्रेष्ठ बताउनु भयो ।
सिटी एक्सप्रेसको एकपटक मेम्बर बने पछि कार्ड पनि बन्छ र कार्डबाट पैसा आफुले चाहेको समयसम्म सर्बसुलभ ढंगले रकम पठाउन सकिने सो कम्पनीका बजार ब्यबस्थापक पशुपति भण्डारीले जानकारी गराउनु भयो ।
२००८ देखि जापानका विभिन्न शहरहरुबाट सेवा प्रदान गर्दै आई रहेको सिटि एक्सप्रेसले आगामी दिनहरुमा आफ्ना ग्राहकहरुको विश्वास जित्दै थप नयाँ नयाँ योजनाहरु सहित छिटो छरितो र बिस्वासीलो रूपमा कारोबार गर्दै सेवाग्राहीहरुको बिश्वास जित्दै जानुका साथै शाखा स्थापनाको अवसरमा सिटि एक्सप्रेसबाट पैसा पठाउदा एक महिना सम्म आफ्ना सम्पूर्ण ग्राहकलाई नि-शुल्क सेवा उपलब्ध गराएको छ ।