माधव सिग्देल को तीजको कोसेली जुरेली चरी चर्चामा
2 जुलाई फुकुओका जापान,
युवा गायक माधव सिग्देल ले पछिल्लो समय बजारमा ल्याएको तीजको कोसेली जुरेली चरीले छोंटो समयमै निकै चर्चा कमाउन सफल भएको छ
कर्मथलो जापानमा रहेर पनि ब्यस्त जीवनबाट बाँचेको समयलाई सदुपयोग गर्दै सिग्देलले बेलाबेलामा नयाँ-नयाँ सृजना प्रस्तुत गर्ने गर्छन यसैको एउटा भाग रहेको तीजको गीत जुलेरी चरीले आफ्नो आफ्नो मायालुलाई नेपालमै छोडेर विदेश आउँदाको पीडालाई समेटेकोछ |
तिमि रुञ्छ्यौ भन्ने दरले त्यताबाट आइन
मनमा मायाँ हुँदा पनि देखाउन पाइन,
देखिथेउ जुरेली चरी लाहुरे दाइ चढेको रेलैमा
बसहै भन्न नि पाइन मायाँलाई छुट्टिने बेलैमा ||
यस्तै यस्तै मिठा शब्द र लयमा सजिएको जुरेली चरी प्रसाद डिजिटलको YOUTUBE च्यानल मार्फत सार्बजनिक भएको हो |
माधव सिग्देल ले गत बर्ष खै मादल यता ले नामक तिज कोसेली सार्बजनिक गरेका थिए, उत्त गितलाइ दर्शक स्रेताले निकै मन पराइदिनु भएको थियो,यसपालि भने विदुर शर्माको शब्द अनि आफ्नै स्वर र लय रहेको जुरेली चरी नामक तिज गित सार्बजनिक गरेका छन् जसमा गायक सिग्देल र चर्चित गायिका देवी घर्तीको आवाज सुन्न पाइन्छ।
उत्त गितको छाँयाकन भने जापानमा नै गरीएको हो जसमा निर्देशन पुरूषोतम सिग्देलको रहेकोछ भने छाँयाकंन विक्रम पुर्जाले गरेका हुन् जसमा नृत्य तथा अभिनय सुसिला गुरुङ्,सम्झना भण्डारी,सरु बौडेल,रिता राना,ललिता तामाङ्, सुरज थापा लगाएतको रहेको छ उत्त गितको भिडियो सम्पादन नेपालकै अति चर्चित सम्पादक सुजन शाहीले गरेका हुन् भने बजार ब्यवस्थापन प्रसाद डिजिटलले गरेको छ|
गायक माधव सिग्देल का बिहेमा नौमती,गैराबारी फुल फुल्यो,खै मादल यता ले लगायतका गीतहरु चर्चामा छन् |
भिड्योको हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला |