बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
फुकुओका ,जापान जुलाई २ , २०१७
फुकुओका नेपाल सोसाइटी को आयोजनामा डा. केदार भक्त माथेमा र रबिन्द्र मिश्र सग फुकुओकाबासी नेपाली बीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिजो जुलाई १ तारिख साँझ ६ बजे बाट फुकुओका सी चिउओ सिमिन सेन्टर आकासाकामा भएको कार्यक्रममा संस्थाको अध्यक्ष पुरुषोतम सिग्देलले सभापतित्व गरेका थिए भने सचिब माधव सिग्देलले कार्यक्रम संचालन गरेका थिए।कार्यक्रममा सस्थाका अध्यक्ष पुर्षोत्तम सिग्देलले सबै लै स्वागत गरेका थिए ।त्यस्तै गरि ,हाम्रो नेपाली हामी नेपाली अभियानका संयोजक धर्म राज अधिकारीले फुनेसोको बारेमा प्रस्ट परेका थिए ।
सधै भन्दा फरक खालको कार्यक्रम भएकोले उपस्थित सबै जना उत्साहित देखिन्थे।आफ्नो देश प्रतिको माया मोह भएकाहरुको लागि देशको बारेमा केहि जान्ने भन्ने र सोच्ने कार्यक्रम थियो।जति पनि नेपालबाट आउने राजनीतिज्ञ होस् वा सामाजिक व्यक्तित्वहरु टोक्यो केन्द्रित भैरहेको अवस्थामा नेपालको बिकासको लागि आफ्नो राजनिक यात्रा सुरुगर्दै गरेका साझा पार्टीका संयोजक रबिन्द्र मिश्र फुकुओका आएको अवसरमा यो कार्यक्रम आयोजना गरिएको थियो ।
नेपालबाट पाल्नुहुने प्रमुख बक्ता द्वय डा. केदारभक्त माथेमा र रबिन्द्र मिश्रले बिदेशधै भुमीमा रहे पनि नेपालको बिकासमा धेरै सहयोग गर्न सकिने र जापानमा बस्ने भएकोले जापानिज भाषा मिहेनेत गरी पढ्यो भने जापानमा धेरै अवसरहरु भएको बताउनु भएको थियो ।रबिन्द्र मिश्र साझा पार्टीको संयोजकको हैसियतले सम्पूर्ण नेपालीहरुले साझा पार्टीलाई सहयोग गरि देश बिकासमा लग्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा फुकुओकाका बिभिन्न संस्थाका प्रतिनिधि , प्रोफेसर, ब्याबसायी, बिद्यार्थी तथा बिभिन्न पेसामा फुकुओकामा बस्दै आउनु भएका नेपालीहरुको उपस्थित थियो ।