जापानको फुकुओका शहरमा ब्यवसायीक बिशेष रेस्टुरेन्ट सचालनमा
फुकुओका ,जापान जुलाई १ , २०१७
जापानको फुकुओका शहरमा हिजो देखि ब्यवसायीक बिशेष रेस्टुरेन्ट सचालनमा आएको छ ।फुकुओका सफल युवा ब्यवसायी श्रीगणेश का मालिक छत्र दाहालले बिशेष समारोह बीच उद्घाटन गरेका छन् ।
युवा ब्यवसायी छत्र दाहाल को अध्यक्षता तथा महेश कुमार श्रेष्ठको प्रमुख आतित्थ्यता एन आर एन ए जापानका उपाध्यक्ष टंक गैरे लगायत फुकुओकामा बिद्दमान सामाजिक सस्थाका प्रतिनिधि ,ब्यबसायीहरु का साथै फुकुओका बासिहरुको बाक्लो उपस्थिति बीच बिशेष खालको रेस्टुरेन्ट उदघाटन गरिएको हो ।
फुकुओकामा नेपाली हरुको चाप सगै खुलेको संघ सस्था अनि सेमिनार ,अन्तरक्रिया कार्यक्रम लगायत बिबिध खालका कार्यक्रम गर्न हलको समस्यालाइ मध्यनजर गर्दै फुकुओकाको नेपालीहरुको माझ बिशेष खालको हल सहितको रेस्टुरेन्टको संचालनमा ल्याएका छन् ।

बिहान देखि ११ बजे देखि बेलिका ११ बजे सम्म हुने छ भने वेलुका ६ बजे देखि ११ बजे सम्म सेमिनार ,अन्तरक्रिया कार्यक्रम ,दोहोरि ,बर्थ डे पार्टी लगायत बूकिंग अनुसार संचालनमा ल्याईने संचालक छत्र दाहालले जानकारि दिएका छन ।दिउसोको समयमा लन्च संचालन लगायत बूकिंग अनुसार बैठकहरु पनि गर्ने छ।दोहरि साझ हुने दिन गाएक दिलेन्द्र जोशी सहितका कलाकारहरुले गीत गाएर मनोरंजन दिने छन्।