Home » फोटो समाचार » बृहत ओरेन्टेसन कार्यक्रम सम्पन्न
ओरेन्टेसन कार्यक्रम
बृहत ओरेन्टेसन कार्यक्रम सम्पन्न

बृहत ओरेन्टेसन कार्यक्रम सम्पन्न

बृहत ओरेन्टेसन कार्यक्रम सम्पन्न

फुकुओका ,जापान जुलाई १ , २०१७

हाम्रो नेपाल हामी नेपाली अभियानको सुरुवात मै बृहत ओरेन्टेसन प्रोग्राम भब्य रुपमा सम्पन भएको छ ।फुकुओकामा अवस्थित नेपाली विद्यार्थीहरुको अवसर ,चुनौती र भविष्यको बारेमा प्रष्ट पार्दै कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि तथा नेपालका चर्चित बक्ताहरु केदार भक्त माथेमा र रबिन्द्र मिश्र ,जिज्ञान कुमार थापा ,एन आर एन जापानका उपाध्यक्ष टंक गैरे ,जापानका सफल नेपाली व्यवसायीहरु ,विद्वान एवं बुद्धिजिबी बर्गहरु ,फुकुओका प्रिफेक्चरका प्रतिनिधि ,फुकुओका सिटीका प्रतिनिधि ,फुकुओका इमिग्रेसनका प्रतिनिधि ,जापानिज भाषा संघको प्रतिनिधि तथा फुकुओका प्रहरी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।हिजो फुकुओका सिटीको मिनामी सेन्टरको हलमा सम्पन्न कार्यक्रमा फुकुओकामा अवस्थित जापानिज भाषा बिद्यालय अन्तरगत १७ ओटा बिद्यालयका नेपाली बिद्यार्थीहरुले सहभागिता जनाएका थिए।कार्यक्रममा सहभागिता जनाउन जापानिज भाषा बिद्यालयका नेपाली शिक्षकहरुले बिद्यार्थी कार्यक्रम स्थल सम्म ल्याउने र फर्काउने ब्यबस्ठा गरेका थिए ।सहभागी जनाउने सम्पूर्ण बिद्यार्थीहरुलाई खानको ब्यबस्ठा पनि आयोजक समितिले गरेको थियो ।कार्यक्रमलाइ दुइ चरणमा बिभाजन  गरिएको थियो ।पहिलो चरणमा उद्घाटन समारोह जसमा कार्यक्रम संचालन दिपक देवकोटाले गर्नु भएको थियो भने सभापति धर्म राज अधिकारीले गरेका थिए । दोस्रो चरणको कार्यक्रम ओरेन्टेसन कार्यक्रम थियो।यस चरणको कार्यक्रमको संचालन हस्त लामा र सभापति डा. रमेश पोख्रेलले गरेका थिए ।कार्यक्रम समय मा नै सुरुवात त गरिएको थियो तर बिबिध कारणवस समय सिमा भित्र पुर्व निर्धारित सबै कुरा समेट्न नसकेकोले आयोजक समितिद्वारा क्षमायाचन गरिएको थियो ।ओरेन्टेसन कार्यक्रम

कार्यक्रमको मुख्य केन्द्र नेपालका चर्चित मोटीभेसनल स्पिकर द्वय डा. केदार भक्त माथेमा ,रबिन्द्र मिश्र र जापानिज भाषाक बिज्ञ जिज्ञान कुमार थापा रहेका थिए भने त्यसको साथसाथै जापानको इमिग्रेसंका प्रतिनिधि ,जापानिज भाषा यसोसियसनका प्रतिनिधि ,प्रहरी लगायतको अन्य बिबिधि क्षेत्रको उपस्थितिको पनि मुख्य केन्द्र बनेको थियो ।कार्यक्रम मुख्य रुपमा जापान आइसकेका बिद्यार्थीहरुलाई नआत्तिकन धैर्य गरि मेहेनतका साथ अध्ययन गरेमा अवस्य सफलता पाइने र बिशेष गरी जापानमा धेरै नै अवसर छ भन्ने कुरा प्रस्ट परिएको थियो।उक्त कार्यक्रममा जापानका राजदुत प्रतिभा राणाको उपस्थिति हुने भनिएको थियो तर भर्खरै जापान आइपुगेको र जापान सरकार सगको भेटघाट लगायत अन्य बिबिध कामको कारणले उपस्थित हुन् नसकेको जानकारी सहित बिद्यार्थीहरुलाई मिहिनेतका साथ अध्ययन गर्न आग्रह गर्दै कार्यक्रमको सफलताको सुभकामना संदेश पठाएकी थिइन् ।
त्यस्तै गरी फुकुओका प्रिफेक्चरका गभर्नर ओगावा हिरोशीले यो संदेश पठाएका थिए ।
म आज नेपाली बिद्यार्थी ओरेन्टेसन कार्यक्रम आयोजना गर्ने आयोजक समितिलाई हृदय देखि नै धन्यवाद र बधाई दिन चाहन्छु ।
फुकुओकामा पढ्न आउनु भएका सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई फुकुओकाबासी र जापानिज बिद्यार्थीको तर्फबाट पूर्ण सफलताको साथै रमाइलो विद्यार्थी जीवनको कामना गर्दछु ।निकट भविष्यमा ,यसले फुकुओका प्रिफेक्चर र राष्ट्रसग जोड्ने पुल काम गर्न सकोस भन्ने कामना गर्दछु ।
आज सहभागी हुने सम्पूर्ण महानुभाबहरुको सुस्वास्थ्यको कामना सहित र सक्रिय सहभागितासगै कार्यकमको सफलताको कामना सहित यो संदेश ब्यक्त गर्दछु । फुकुओका प्रिफेक्चर गभर्नर ओगावा हिरोशी

ओरेन्टेसन कार्यक्रम
कार्यक्रमलाइ मनोरनजनात्मक बनाउन तथा नेपाली संकृति झ्ल्काउन फुकु डान्स ग्रुपले नृत्य पनि प्रस्तुत गरेको थियो ।कार्यक्रममा सबै राम्रो भएको तर समयको अभावले गर्दा फुकुओकामा आएर संघर्ष गरी सफलता हाशिल गर्न सफल व्यवसायी एवं सफल व्याक्तित्वहरुको भनाई र भिडिओ प्रस्तुत गर्न नसक्दा प्रमुख बक्ताहरुबाट प्रस्तुत गरेको प्रेरणाहरुलाइ उदाहरणीय बन्न नसकेको गुनासोहरु पनि सुनिएको थियो ।
समग्रमा कार्यक्रम सफल भएको र सहयोग गर्ने सम्पूर्णलाइ धन्यवाद ब्यक्त गर्दै यस्ता कमिकमोजोरिहरुको समिक्षा गरी अझ उतकृष्ट कार्यक्रमहरु गर्दै जाने बताउदै अभियानका संयोजक धर्म राज अधिकारिले कार्यक्रम समापन गरेका थिय।

ओरेन्टेसन कार्यक्रम

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस ...