केदार भक्त माथेमा र रबिन्द्र मिश्र फुकुओका जापानमा

फुकुओका, जापान
२९ जुन २०१७
त्रिभुवन विश्वबिद्यालयका पुर्व उपकुलपति तथा जापानका पुर्व राजदुत डा. केदारभक्त माथेमा तथा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख सम्पादक रबिन्द्र मिश्र आज बिहान फुकुओका जापानमा आइपुग्नु भएको छ। फुकुओका एरपोर्ट झरे पछि हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक धर्म राज अधिकारी ,फुनेसोका पुर्व अध्यक्ष राम कृष्ण श्रेष्ठ ,एन आर एन क्युश्युका संयोजक लक्ष्मन बनिया लगायत फुकुओकाका समाजसेवीहरुको एक टोलीले स्वागत गरेको छ ।

केदार भक्त माथेमा र रबिन्द्र मिश्र फुकुओकामा स्वागत
केदार भक्त माथेमा र रबिन्द्र मिश्र फुकुओकामा स्वागत

हाम्रो नेपाल हामी नेपाली अभियान ,जापानले आयोजना गरेको बृहत ओरेन्टेसन कार्यक्रममा फुकुओका बासी नेपालीहरुलाई उत्प्रेरणा प्रदान गर्न डा. माथेमा तथा मिश्र फुकुओका जापान आएका हुन् ।

प्रवासमा नेपालीहरुको अवसर र चुनौतिको बिषयमा बिशेषगरी बिद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमा नेपालबाट प्रमुख बक्तहारु डा. केदार भक्त माथेमा र रबिन्द्र मिश्र आइसेकाछन् भने टोक्योबाट जापानी भाषाका बिज्ञ एवं समाजसेवी जिज्ञान कुमार थापा लगायत एन आर एन ए का प्रतिनिधिहरु आउने क्रम जारी रहेको कुरा एन आर एन क्युश्युका संयोजक लक्ष्मन बानियाले बताउनु भयो।

आज नेपालबाट आउनु भएका अतिथिहरु अहिले के के आर होटेल हकातामा लन्च खाएर साइटसिन जाने कार्यक्रम रहेको छ । साइटसिनको बन्दोबस्त अभियानका प्रमुख संयोजक धर्मराज अधिकारी र एन आर एन ए क्युश्युका संयोजक लक्ष्मन बानियाले गर्ने बताइएको छ ।आज आज साझ कार्यक्रम आयोजक सस्थाले सम्पूर्ण अतिथिगणहरु लगाएत फुकुओकामा बिद्मान सामाजिक सस्थाका प्रतिनिधिहरु सग डिनर कार्यक्रम आयोजना गरेको छ । त्यस्तै भोली बिहान १० बजे बाट ४ बजे सम्म बृहत ओरेन्टेसन कार्यक्रम रहने छ भने जुलाई १ तारिक दिउसो क्युश्यु भ्रमण गरेर साझ ६ बजे देखि फुकुओका नेपाल सोसाइटीले गर्ने अन्तरक्रिया कार्यक्रममा जाने र जुलाई २ तारिक टोक्योमा आयोजना गरिएको अन्तरक्रिया गर्ने कार्यक्रम सहभागी हुने बताइएको छ । भोली बिहान १० बजे बाट ४ बजे सम्म बृहत ओरेन्टेसन कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण जापानवासी नेपालीहरुका सवै संघ सस्थाका प्रतिनिधिहरु सहित सर्वसाधारण आयोजकले सवैमा हार्दिक आग्रह गरिएको छ ।

, , ,
Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *