एनआरएनए क्यूशू जापानद्वारा कार्ड वितरण सूचना जारी
फुकुओका ,जापान जुन २९ ,२०१७

एन आर एन ए क्यूशू जापानले सदस्यता कार्ड वितरण कार्यक्रम संचालन गर्ने भएको छ ।२०१७ जुलाई ९ तारिक बिहान १०बजे बाट साझ ६ बजे सम्म मिनामी सिमिन सेन्टर ओओहासी कार्यक्रम गर्ने भएको छ । जापान बासी इच्छुक नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई एन आर एन ए को सदस्य बनाउने अभियान स्वरुप २०१७ जुन ४ तारिक सम्मको समय दिई अनलाइन मार्फत सदस्य बन्न आव्हान गरेको थियो।त्यो समयमा सदस्य बन्नु हुने सम्पूर्ण महानुभाबहरुलाई एन आर एन ए क्युश्युको २०१७ -२१ को कार्यसमितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै कार्ड लिन लिन आउनको लागि संयोजक लक्ष्मन बानिया र सचिब शिशिर ज्ञवाली द्वारा जारी सुचनामार्फत अनुरोध गरिएको छ । सदस्यता सम्बन्धि कुनै जनाराकी चाहिएमा कार्यसमितिलाई सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।

