बृहत ओरेन्टेसन प्रोग्रामको तयारी पुरा
फुकुओका ,जापान
जुन २७ ,२०१७
फुकुओका स्थित नेपाली समाज र समस्त जापानबासी नेपाली समाजको गतिबिधि एबम अवस्थाको समिक्षा गर्दै नेपाली समाजको एकता ,समृद्धि र विकासका लागि विभिन्न कार्यक्रमहरु गर्ने उद्देश्यले हाम्रो नेपाल हामी नेपाली अभियान स्थापना भएको हो । अभियानको सुरुवात मै बृहत ओरेन्टेसन प्रोग्राम गर्ने भएको छ।फुकुओकामा अवस्थित नेपाली विद्यार्थीहरुको अवसर र चुनौतीको बारेमा गरिने कार्यक्रमको तयारी पुरा भएको छ ।कार्यक्रममा नेपालका चर्चित बक्ताहरु केदार भक्त माथेमा र रबिन्द्र मिश्र ,जिज्ञान कुमार थापा ,जापानका सफल नेपाली व्यवसायीहरु ,विद्वान एवं बुद्धिजिबी बर्गहरु ,फुकुओका प्रिफेक्चरका प्रतिनिधि ,फुकुओका सिटीका प्रतिनिधि ,फुकुओका इमिग्रेसनका प्रतिनिधि ,जापानिज भाषा संघको प्रतिनिधि ,फुकुओका प्रहरीको प्रतिनिधि लगाएत प्रमुख बक्ताहरुको प्रस्तुति रहनेछ ।

हाम्रो नेपाल हामी नेपाली अभियानको आयोजनामा हुने कार्यक्रमको तयारी पुरा भएको छ।कार्यक्रम २०१७ जुन ३० तारिको दिन बिहान १०:३० बजे बाट साँझ ४ बजे सम्म फुकुओका मिनामी वार्ड सिमिन सेन्टरमा हुने भएको छ ।कार्यक्रममा प्रवेश शुल्क निशुल्क हुने आयोजकले जनाएकोछ । जापानमा विभिन्न उद्देश्यका लागि आउनु भएका नेपालीहरुको चुनौती र अवसरको बारेमा केन्द्रित रहेको छ।
कार्यक्रमको तयारी वारे जानकारी दिदै अभियानका प्रमुख संयोजक धर्म राज अधिकारी ज्युले भन्नु भयो यो कार्यक्रम विदेशमा बस्ने बिशेषगरी विद्यार्थीहरुको लागि आफ्नो भबिष्य उज्जल बनाउन र आफ्नो बिशेष उद्देश्य बानाइ अगाडी बढ्नको लागि प्रेरणादायी हुनेछ।त्यस्तैगरी , हामी नेपालीहरुको लागि विदेशमा एउटा खुल्ला समाज हुने हुदा छिट्टै बिग्रन सक्ने भएकोले यो कार्यक्रमा भाग लिएमा केहि परिवर्तन हुनेमा आयोजक बिस्वस्त रहेको छ ।नेपालीहरुले विदेशबाट धेरै ज्ञान ,शीप सिकेमा आफ्नो व्यक्तित्व विकास सगै बिदेशमा रहे पनि नेपालीको इज्जत र प्रतिष्ठा राख्न सक्दछ र नेपाल फर्के पनि देशको लागि राम्रो काम गर्न सक्ने हुदा यो कार्क्रममा सहभागी हुन र कार्यक्रमको बारेमा प्रचार प्रसार गरी सबैलाई उपस्थितको लागि आग्रह गरिएको छ ।
कार्यक्रमलाइ ओपनिङ्ग सेरेमोनी र ओरेन्टेसन सेरेमोनी गरी दुइ चरणमा संचालन गरिने छ। पहिलो चरणको कार्यक्रममा कार्यक्रमको उद्घाटन सगै अतिथिहरुलाई स्वागतका साथ कार्यक्रमको जानकारी लगायत जापानिज तथा नेपाली अतिथिहरुको मन्त्यब्य हुनेछ।पहिलो चरणको कार्यक्रमको सभापति अभियानका प्रमुख संयोजक धर्म राज अधिकारिले गर्ने छन् ।पहिलो चरणको कार्यक्रम १० बजे बाट सुरु भई १२ बजे सकिने छ ।१२ बजे बाट १ बजे सम्म लन्च कार्यक्रम हुने छ ।दोश्रो चरणको कार्यक्रम १ बजे बाट सुरुवात हुने छ । दोश्रो चरणको कार्यक्रममा प्रमुख बक्ताहरुको बक्तब्य हुने छ भने कार्यक्रमको सभापनि डा. रमेश पोख्रेलले गर्ने छन्।
कार्यक्रममा अहिले सम्मको जानकारी अनुसार १७ ओटा जापानिज भाषा स्कुलहरुले भाग लिने छन् ।जसमा १५ ओटा जापानिज भाषा स्कुलबाट बिद्यार्थीहरुको उपस्थिति हुनेछ ।आज सम्मको रेकर्ड अनुसार ४४४ जना बिद्यार्थीहरु उपस्थित हुने प्रक्रिया पुरा भैसकेको र अझै थपिने जानकारी अभियानका प्रमुख संयोजक धर्म राज अधिकारीले फुकुओका नेपाल डट न्युजलाई बताउनु भयो ।
कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण जापानवासी नेपालीहरुका सवै संघ सस्थाका प्रतिनिधिहरु सहित सर्वसाधारण सवैमा हार्दिक आग्रह गरिएको छ ।