एनआरएनए क्युश्यु निर्वाचन कमिटी सूचना जारी
फुकुओका ,जापान जुन २४ , २०१७
एन आए एन ए क्यु़्स्युमा देखिएको बिबादले अराजक रुप लिन सक्ने हुनाले एनआरएनए क्युस्युको क्षेत्रिय समिति संगको समन्वय र केन्द्रिय कमिटिको सुझावलाई मध्यनजर गर्दै क्युश्यु क्षेत्रको निर्वाचन कमिटिले पछिल्लो जानकारी नआउन्जेल सम्मका लागि निर्वाचन सम्बन्धि कुनै पनि काम कारबाही नहुने जानकारि सहित २०१७/६/१४ मा बिज्ञप्ति जारी गरिएको थियो ।

निर्वाचन को मुल्य र मान्यता लाइ मध्य नजर गर्दै निर्वाचन कमिटि सक्रिय बनाइँ आबश्यक परेको खण्डमा निर्वाचन गराउने कुरा निर्वाचन कमिटिका संयोजक छत्र दाहाल द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।