Home » समाचार » एनआरएन-NRN » एनआरएनए क्यूश्यू को पॉचौ अधिवेसन सम्पन्न
पॉचौ अधिवेसन
पॉचौ अधिवेसन

एनआरएनए क्यूश्यू को पॉचौ अधिवेसन सम्पन्न

एनआरएनए क्यूश्यू को पॉचौ अधिवेसन भब्य ,सब्य र सफलतापुर्वक सम्पन्न भई सहमतिमा (२०१७-१९ )को कार्यसमिति चयन

फुकुओका ,जापान जुन २४ , २०१७

पॉचौ अधिवेसन

एनआरएनए क्यूश्यूको पॉचौ अधिवेसन भब्य ,सब्य र सफलतापुर्वक सहमतिमा (२०१७-१९ )को कार्यसमिति चयन

एनआरएनए क्यूश्यूको पॉचौ अधिवेसन भब्य ,सब्य र सफलतापुर्वक सहमतिमा (२०१७-१९ )को कार्यसमिति चयन भएको छ। संयोजकमा लक्ष्मण बानिया सर्बसहमतिमा चयन गरी सम्पन्न भएको छ ।संयोजकको प्रत्यासी उम्मेदवारहरु देव राज उप्रेती ,सन्तोष थापा र हस्त लामाले सहमतिको लागि आफ्नो अडान छाडे पछि सहमति भएको हो ।कार्यक्रममा एनआरएनए क्युश्यु संयोजक किरण बर्माको सभापति रहेको थियो भने एन आर एन ए जापानका अध्यक्ष सुदन थापाको प्रमुख आतिथ्य , बिशेष अतिथि राष्ट्रीय कमिटीका उपाध्यक्ष टासी वा लामा र टंक गैरे,महासचिव अनुज थापा ,सचिव बुद्घि राज घिमिरे , अग्रज तथा अभिभावक धर्म अधिकारी साथै अतिथिमा क्रमश एनआरएनए कान्साई क्षेत्रका पुर्ब संयोजक नरेन्द्र बस्नेत,ओएनएफ का प्रतिनिधि पर्शुराम बस्नेत ,सफल ब्यवसायी राजिप श्रेष्ठ,फुनेसोका अध्यक्ष पुरुषोत्त सिगिदेल,कास्कि पोखरा समाजका अध्यक्ष शिव पौडेल, सोहि समाजका उपाध्यक्ष बिष्णु सुवेदि ,युवा ब्यबसायी बिशाल बर्तौला रहनु भएको थियो ।कार्यक्रमामा उपसंयोजक लक्ष्यमण बानियाँ को स्वागत मन्तब्य ,कोषाध्यक्ष नवराज पौडेलको आर्थिक प्रतिबेदन पेश ,सचिब देव राज उप्रेतीले एन आर एन ए क्युश्यु २०१५-१७ को गतिबिधि प्रस्तुत र क्युश्यु संयोजक किरण बर्माले २ बर्षको कार्यकालको समिक्षा र उहाको कार्यकाल सफल बनाउन सहयोग गर्नुहुनेलाई धन्यवाद ब्यक्त गर्नु भएका थिए।त्यस्तै गरी अधिवेसनमा क्रमश प्रमुख अतिथि एनआरएनए सुदन थापा लगाएत बिशेष अतिथि तथा अतिथिहरुले आआफ्नो धारणा राख्दै निबर्तमान संयोजक किरण बर्माको नेतृत्वको कार्यसमितिलाई सफल कार्यकालको बधाई दिनु भएको थियो।कार्यक्रम संचालन कमिटिका सचिव देवराज उप्रेतलिे गर्नु भएको थियो। पॉचौ अधिवेसन
निर्बाचन कमिटीको जुन ६ तारिक साँझ बसेको बैठकले ५औ अधिबेशनको तिथि मिति र स्थान तोकी २०१७/६/१०- देखि २०१७/६/१५ सम्म उमेद्दारी दर्ता
२०१७/६/१६- नामावली प्रकाशन
२०१७/६/१८- उमेद्दारी फिर्ता
२०१७/६/१९- अन्तिम नामावली प्रकाशन
२०१७/६/२१- मतपत्र तयारी
२०१७ /६/२४- निर्वाचन

पॉचौ अधिवेसन
गर्ने गरी निर्णय गरेको थियो तर उम्मेद्वारी दर्ता गर्ने मिति हुदा हुदै पनि जुन १४ गते क्युश्युमा देखिएको निर्वाचन सम्बन्धि अस्वस्थ प्रतिस्पर्धाले समाज भड्किने खालका अराजग गतिबिधिहरु हाबी हुदै गएकोले यस्ता कुरालाई मध्यनजर गर्दै एनआरएनए जापानको रहोवर तथा निर्वाचन कमिटिको निर्देशन एनआरएनए क्युश्यु कार्यसमिति र बुद्धिजीवी वर्गको सहमतिमा त्यस दिन सम्म परेको उमेद्वारी फिर्ता गरि निर्वाचन कमिटीलाई केहि समयको लागि काम कारबाही स्थगित गरी स्थिति समान्य अवस्थामा नआउन्जेल सम्मको लागि र सकेसम्म सहमति गराउन निरन्तर रुपममा लागिरहने कुराको जानकारी सहित निर्वाचन कमिटिका संयोजक छत्र दाहाल द्वारा बिज्ञप्ति जारि गरिएको थियो । निर्वाचन कमिटिमा क्रमश छत्र दहाल,किरण बर्मा,योगेश कार्कि,सुन्दर मणि रेग्मि र पुरुषोत्तम सिग्देल साथै अध्यक्ष मण्डलमा क्रमश टंक गैरे,किरण बर्मा र छत्र दहाल रहनु भएको थियो । जुन २४ सम्म सहमतिको लागि निर्वाचन कमिटि ,बिशेष गरी एन आर एन ए जापानका उपाध्यक्ष टंक गैरे ,क्युश्यु संयोजक किरण बर्मा ,क्युश्युका अभिभाबक धर्म राज अधिकारी लगाएत अग्रजहरुद्वार सहमतिको प्रयास गरेका थिए तर सहमति नभएकाले निर्वाचन कमिटिद्वारा सूचना जारी गरी निर्वाचनमा गएको थियो।निर्वाचन प्रक्रिया अनुसार उम्मेदवार दर्ता गरी सहमतिको समय दिइएको थियो ।सहमतिको नजिक पुगेको भन्दै सहमतिको समय सकिय पनि समय थप गर्दै बिशेषगरी एन आर एन ए जापानको उपाध्यक्ष टंक गैरेको पहलमा सहमत गराउन सफल भएका थिए ।
नबनिर्वाचित कार्यसमिति (२०१७-१९)यस प्रकार रहेको छ |
संयोजक- लक्ष्यमण बानिया
ब. उपसंयोजक- देवराज उप्रेती
उपसंयोजक- नवराज गौतम
उपसंयोजक – सुपेन्द्र घिसिंग ( मनोनित )
सचिव- शीशीर ज्ञवाली
सह सचिव-सुरज बन
कोषाध्यक्ष- दिलेन्द्र जोशी
सह कोषाध्यक्ष- मोहन सिंग मडाई ( मनोनित )
प्रवक्ता – ज्योति केसी ( मनोनित )
सदस्यहरू:
प्रेम गुरुङ
आशीष खड्की
सुर्य बहादुर कुवंर
सचिन नेवाङ
पंकज बजगाई
नविन अधिकारी
नारायण सुबेदी

पॉचौ अधिवेसन
कार्यसमितिको चयन पश्चात बैठक बसी सहमति अनुरूप केहि पदहरुमा मनोनयन भैसकेको छ भने आजैको अर्को चरणको बैठकबाट अन्य सदस्यहरू मनोनयन हुने भएका छन ।
नव निर्वाचित टिमलाई अधिवेसनका प्रमुख अतिथि एनआरएनए जापानको अध्यक्ष सुदन थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो। अधिवेसनको केहि दिन पहिल्यै देखि एनआरएनए क्यूश्यूको नया सदस्यको परिचयपत्र पनि हस्तान्तरण गरिसकिएको थियो, गत बर्ष १५० को हाराहारिमा रहेको सदस्य संख्या यस पल्ट भने १५३९ रहेको छ।
एनआरएनए जापानको २०१७-१९ को लागि राष्ट्रिय कमिटिको आठौ अधिवेसन अगस्ट १३ तारिकमा हुने जानकारी प्राप्त भएको छ ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस ...