Home » कार्यक्रम » अन्तरक्रिया कार्यक्रम फुकुओका नेपाल सोसाइटी को आयोजनामा
अन्तरक्रिया कार्यक्रम
अन्तरक्रिया कार्यक्रम

अन्तरक्रिया कार्यक्रम फुकुओका नेपाल सोसाइटी को आयोजनामा

अन्तरक्रिया कार्यक्रम – फुकुओका नेपाल सोसाइटीको आयोजनामा  

23जुन फुकुओका जापान,

 

फुकुओका नेपाल सोसाइटी को आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ ,यही जुलाई १ तारिक फुकुओका सी चिउओ सिमीन सेन्टर आकासाकामा नेपालबाट पाल्नुहुने प्रमुख अतिथि द्वोय डा.केदारभत्त माथेमा र रबिन्द्र मिश्र को साथमा फुकुओकाका अग्रज तथा बुद्धिजीबीहरुको सहभागितामा उत्त अन्तरक्रिया कार्यक्रम हुन लागेको हो |
जापानमा बढ्दो नेपालीको चाप ,समस्या र यसको समाधान को बिषयलाइ लिएर अन्तरक्रिया कार्यक्रम हुनेछ |
नेपालबाट किन दिनहुँ युवाहरू विदेशीनु परेको छ त ?
नेपालीहरुका लागि जापान उचित गन्तब्य हो कि होइन ?
युवाहरूको बढ्दो वैदेशीक मोह र यसले निम्त्याएका समस्याहरु कसरी समाधान गर्न सकिएला ?
किन दिनहुँ आत्महत्या का गतिविधी बढिराखेका छन् ?

लगायत विभिन्न विषयमा विशेष अन्तरक्रिया  कार्यक्रम हुने भएको छ ।फुकुओका नेपाल सोसाइटीले फुकुओका वासी नेपाली दाजुभाई दिदि बहिनीहरुलाई अन्तरक्रिया कार्यक्रममा उपस्थित हुन अनुरोध पनि गरेको कुरा सोसाइटीका सचिव माधव सिग्देलले Fukuokanepal.news लाइ जानकारी दिनुभयो, यसका लागि फुकुओकाका अग्रज तथा बिसिस्ट ब्यत्तिहरुलाई निबेदन पनि गरिसकिएको र यदी सूचना नपुगेको खण्डमा यसै जानकारीलाई आधार मानि आफ्ना मनमा लागेका कुराहरु राख्न र सुन्नका लागि सम्पूर्ण फुकुओकाबासि दाजुभाइ दिदीबहिनीहरुलाई उपस्थित भइदिनुहुन फुनेसोका अध्यक्ष पुरुषोत्तम सिग्देलले आग्रह गर्नुभएको कुरा पनि Fukuokanepal.news लाइ जानकारी प्राप्त भएको छ |

अन्तरक्रिया कार्यक्रम

फुकुओका नेपाल सोसाइटी को आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम

स्मरण रहोस कार्यक्रम हुने मिति,स्थान र समय

मिति:२०१७-०७-०१
समय:साँझ ५:३० बजे बाट
स्थान:फुकुओका सी चिउओ सिमीन सेन्टर आकासाका २-५-८

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

विवाह जीवनका लागि एउटा काँडा हो:अन्जु पन्त

काठमाडौँ,२ मंसिर । ६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा ...