खुकुरी FC को दोस्रो समर कप आयोजना हुँदै
जुन २० फुकुओका जापान ,
गतबर्ष पहिलो समर कप आयोजना गरेको खुकुरी FC ले यही आउँदो जुलाई १६ तारिक दोस्रो समर कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ, DINO TENNIS CLUB मा हुन लागेको उत्त प्रतियोगितामा २० भन्दा बढी टिमले भाग लिने अनुमान गरिएको छ ,गत बर्ष पनि निकै सफलतापुर्बक प्रतियोगिता सम्पन्न गरेको खुकुरी FC ले यो बर्ष बिगतमा भएका कमि कमजोरीहरुलाई सुधार्दै प्रतियोगितालाइ अझ उत्कृस्ट बनाउन खुकुरी FC का सबै सदस्यहरु लागि परेको कुरा खुकुरी FC का टिम म्यानेजर इन्द्र घलेले जानकारी दिनुभयो |

जुलाई १६ तारिक आइतबार बिहान १० बजेबाट सुरु हुने समर कपको बिजेता टिमले ३० मान जापानी यन र ट्रफी प्राप्त गर्नेछ भने रनर अप टिमले १५ मान जापानी यन र ट्रफी प्राप्त गर्नेछ |
प्रत्यक टिमले आफ्नो टिम दर्ताको लागि ३५००० जापानी यन बुझाउनु पर्नेछ भने टिम दर्ता अन्तिम मिति २०१७-०७-०१ सम्म रहेको कुरा खुकुरी FC का टिम क्याप्टेन रन्जीत गुरुङ ले जानकारी दिनुभयो |
स्मरण रहोस प्रतियोगिता हुने स्थान:FUKUOKA SHI HIGASHI KU MATSUSHIMA 5-3-1
थप जानकारीको लागि निम्न ब्यत्तिहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ |
इन्द्र घले :08039770853
रन्जीत गुरुङ :08079388606
प्रदिप के राइ:08026901609
दिनेश गुरुङ :08083779890
आयन लिम्बु :08085592716
अजय सिलवाल:08085725723
Fukuokanepal.news 2017-06-20