एनआरएनए जापान

”NRNA जापान को ”सचिव” मा बाशुदेव लामिछानेको उमेद्वारी घोषणा”

जुन २१ फुकुओका जापान,

एनआरएन जापानको चुनाव नजिकिएसँगै भावी नेतृत्वका निमित्त आआफ्नो लबिंगमा लागि परेको एनआरएनए जापानको सचिवका लागि बाशुदेव लामिछाने प्रमुख आकांक्षि देखिएका छन । जापानभर एक किसिमको नेटवर्क बनाएका लामिछानेको टोक्यो सहित एनआरएनए जापानको सबैजसो क्षेत्रहरुमा आफ्नो धेरथोर पकडकै कारण उनको प्रतिस्पर्धी को होला भन्ने धेरैको चासोको बिषय बनेको छ ।

आन्तरिक कसरतमा रहेका पुर्व क्षेत्रिय सचिव लामिछाने, मुख्य रुपमा देखिएका २ प्यानल मध्य हालसम्म कुन प्यानलबाट मैदानमा उत्रिएलान भन्ने सबैको अनुमानको निर्क्यौल, सम्पूर्ण क्षेत्रको अधिवेशन पश्चात प्रष्ट देखिने उनि निकट स्रोतको दाबि छ ।

एनआरएनए जापानमा हालसम्म अध्यक्ष पदका निमित्त टासी लामा र अनुज थापा प्रमुख आकांक्षी देखिएका छन् । लामा वर्तमान उपाध्यक्ष हुन् भने थापा महासचिव हुन् । सचिवका आकांक्षि बाशुदेव लामिछानेको सपोर्ट कता रहने भन्ने कुराले पनि केहि हदसम्म अध्यक्षको निर्वाचनमा असर पर्नसक्ने जनमानसको बुझाई छ ।

एनआरएनए आईसीसी अध्यक्षमा अनौपचारिक घोषणा गरिसकेका बहालवाला आईसीसी उपाध्यक्ष भवन भट्टले जापानमा निर्वाचन गराए अस्वस्थ प्रतिस्प्रदा हुने र त्यसको असर आईसिसिको निर्वाचनमा पर्ने धेरैको ठम्याईका कारण सकभर सहमतिय वातावरणको प्रयास अन्तिम समयसम्म गरिने जापानबासी नेपालीको बुझाई छ । सहमति नहुंदै गर्दा बर्तमान अध्यक्ष सुदन थापा पनि पुन: मैदानमा उत्रने आशंका धेरैको भएपनि उनि भने यस बिषयमा केहि बोलेका छैनन । सक्षम, सालिन र भद्र स्वभावका कारण जापानबासी नेपालीमाझ लोकप्रिय रहेका अध्यक्ष थापाले पुनः उम्मेदवारी दिने हुन् कि भन्ने आशंका जापानमा क्रियाशील राजनीतिक दलहरुमा रहेको बुझिएको छ ।

त्यस्तै महासचिव पदका लागि बुद्धि राज घिमिरे र जोन छन्त्याल आकांक्षी रहेका छन् । घिमिरे एनआरएन जापानको वर्तमान सचिव हुन भने करिव ३५ बर्ष जापानमा बिताएका छन्त्याल कान्तो क्षेत्रका पुर्व संयोजक हुन । बाह्र हजारभन्दा बढि सदस्य रहेको एनआरएन जापानको अधिवेशन आगामी अगष्टमा हुदैछ ।

Fukuokanepal.news 2017-06-21

 

, , , ,
Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *