आईएमी(क्योदाई रेमिटेन्स) हाकाता शाखा उद्घाटन बिशेष समारोह बीच हुने
फुकुओका ,जापान जुन २०, २०१७
जापानवाट नेपाल लगायत विश्वका बिभिन्न मुलुकहरुमा समेत रेमिट्यान्स् कारोवार गरिरहेको आईएमी इन्टरनेसनल मनि ट्रान्सफर (क्योदाई रेमिटेन्स) ले आफ्नो सञ्जाल बढाउने क्रममा जापानको फुकुओका शहरको हाकातामा थप एक शाखा थप्ने भएकोको छ । आईएमका CEO सुमन पोख्रेल को प्रमुख आतिथ्यमा फुकुओकाका बिद्दमान विभिन्न संघ सस्थाका प्रतिनिधि र यहाँका सामाजसेवी ब्यबशायी एबम प्रतिष्ठित व्यक्तिहरुका साथ क्योदाई हाकाता शाखाको समुदघाटन गरिने भएको छ।टोक्यो पछि नेपाली बिध्यार्थीहरुको बाहुल्यता फुकुओकामा रहेको छ ।यसलाई मध्यनजर गर्दै र हाल भएको तेन्जिन शाखाले धन्न नसकेकोले हाकाता शाखा खोल्न लागिएको हो ।छिटो छरितो र विस्वािलो ढंगबाट आफ्नो अलग पहिचान कायम गर्दै आएको यस क्योदाई रेमिटेन्स कम्पनीमा एक पटक ग्राहकको रुपमा दर्ता गरि कार्ड बनाएपछी आफुले चाहेको समयमा सर्बसुलभ ढंगले रकम पठाउन सकिने छ।
नेपालीहरुको चापको वृद्धि सगै नेपाल पैसा पठाउने रेमिटेन्सहरुको प्रतिस्पर्धा पनि बढ्दै गएको छ।यस बिचमा क्योदाई रेमिटेन्सको कार्डबाट पैसा पठाउदा भिसामा अप्ठ्यारो पर्ने खालका भ्रमहरु पनि फैल्याइएको छ भन्ने कुराहरुको खण्डन गर्दै बिगत २५ बर्ष देखि संचालनमा आएको क्योदाई रेमिटेन्सबाट पैसा पठाउदा आज सम्म जापानको भिसामा कुनै पनि समस्या परेको छैन भन्ने कुरा आईएमी इन्टरनेसनल मनि ट्रान्सफर( क्योदाई रेमिटेन्स) कम्पनीका ब्रान्च म्यानेजर राम कृष्ण श्रेष्ठले जानकारी गराउनु भयो ।
साथै , यस्ता भ्रममा नपरी ढुक्क सग आईएमी इन्टरनेसनल मनि ट्रान्सफर (क्योदाई रेमिटेन्स) बाट पैसा पठाउना आग्रह गरेको छ ।कुनै समस्या परेमा आईएमी इन्टरनेसनल मनि ट्रान्सफर (क्योदाई रेमिटेन्स)मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
आईएमी इन्टरनेसनल मनि ट्रान्सफर (क्योदाई रेमिटेन्स) हाकाता शाखा संचालनमा आएपछि पुन थप नया योजना सहित अझ विस्वासिलो र भरपर्दो अनि छिटो रुपमा कारोबार गर्ने जानकारी गरेको छ ।साथै फुकुओकाका बिद्दमान विभिन्न संघ सस्थाका प्रतिनिधि, सामाजसेवी ब्यबशायी एबम प्रतिष्ठित व्यक्तिहरु लगायत आफ्ना ग्राहकका साथै सुभ चिन्तकहरुलाई आईएमी इन्टरनेसनल मनि ट्रान्सफर (क्योदाई रेमिटेन्स)हाकता शाखाको समुदघाटन समारोह यही मिति २०१७/०६/३० ठिक ६ बजे (बेलुका) फुकुओका सिटि, हाकाता वार्ड ,हाकाता यकी हिगासी १-१-३३ ,हाकाता किन्दाई बिल्डिंग ४ तल्लामा गरिमामय उपस्थितको हार्दिक अनुरोध गरेको छ ।